‘आपूर्ति र संक्रमितको उपचारमा सरकार लागिपरेको छ’

राजनीति

‘आपूर्ति र संक्रमितको उपचारमा सरकार लागिपरेको छ’

'नेपालका विदेशीलाई सरकारले रक्षा गर्छ त्यसैले विदेशमा रहेका नेपालीकाे चिन्ता लिनु आवश्यक छैन'

चैत १३, २०७६

    काठमाडाैं : सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको स्पष्ट पारेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले बिहीबार सञ्‍चारकर्मीसँग कुरा गर्दे संक्रमितको उपचार पहिलो प्राथमिकता भएकाले सोही अनुसार सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।  

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै शान्ति सुरक्षा प्रदान गर्ने विषयमा सरकार गम्भीर भएर लागिपरेको बताए।  संक्रमितको उपचार, बिरामीलाई राख्ने आईसोलेसन लगायत कामका लागि आवश्यक मेडिकल सामग्री अभाव भएकाले तत्काल प्रभावकारी ढंगले उपचार गर्न नसकिए पनि सरकारले छिट्टै सामान आपूर्ति गर्ने विश्वास दिलाए।

    स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पिपिई, परीक्षण किटलगायत स्वास्थ्य आयातमा देखिएका प्रक्रियागत जटिलताको अन्त्य गर्दै सरकारले छिट्टै सामान ल्याउने उनले बताए। 

    ‘उपयुक्त साधनहरु थिएनन्। ल्याउनुपर्ने थियो। हाम्रो देशमा मात्रै अभाव होइन। दुनियाँभर अभाव भएको बेलामा उपचारमा देखापरेका समस्या समाधान गर्नतर्फ सरकार लागेको छ। प्रक्रियागत जटिलता छन्। तिनलाई तोडेर हामी चाँडै सामान ल्याउँछौं। त्यसपछि ती सामान प्रदेश तहका हस्पिटलहरुमा पनि पुर्‍याउँछौं।’
    उनले बन्दको अवस्थामा दैनिक उपभोग्य सामान, औषधि, खाद्यान्न, तरकारी, दूधलगायत अत्यावश्यक सामग्रीका पसल खुला हुने स्पष्ट पारे।

    मुलुककै राष्ट्रिय संकट भएको र सरकार वा पार्टीका लागि मात्रै नभएर आम नागरिककै संकट भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे। नेपालमा बस्ने विदेशी नागरिकको रक्षा नेपाल सरकारले गर्ने भएकाले विदेशमा बसेका नेपालीहरुको पनि सम्बन्धित देशका सरकारले रक्षा गर्ने भएकाले मुलुकबाहिर बसेका नेपालीबारे थप गम्भीर बन्नुपर्ने अवस्था नभएको स्पष्ट पारे। 
     

सम्बन्धित सामग्री

सङ्क्रमितको उपचार निःशुल्क

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिकको स्वास्थ्य उपचारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचार सरकार मातहतका अस्पताल एवं प्रतिष्ठानमार्फत गरिने जानकारी दिनुभयो । त्यसका लागि सरकारले प्रदेशगत रूपमा आवश्यकताअनुसार विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया शीघ्र सम्पादन गर्ने निर्णयसमेत गरेको छ । प्रवक्ता गुरुङका अनुसार सरकारले पूर्वउपप्रधानमन्त्री एवं वामपन्थी नेता चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । उहाँ कोरोना सङ्क्रमित भई उपचाररत हुनुहुन्छ । यस्तै सरकारले नेवार समुदायको किजा पूजाका दिन मङ्सिर २ गते मङ्लबार नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ, संस्था, शिक्षण संस्था समेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी सरकारले मन्त्रिपरिषद्का सदस्यहरू र राज्यमन्त्रीको २

गोरखापत्र

कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा, गरिबको मात्रै सरकारले गर्ने!

काठमाडौं : सरकारले सबै कोरोना संक्रमितको उपचार नगर्ने भएको छ। संक्रमण फैलिएर संक्रमितको संख्या ५५ हजार नजिक पुगिसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आपत्कालीन कार्यसञ्‍चालन केन्द्रले अब गरिब, विपन्‍न कोरोना संक्रमितको मात्रै उपचारको निर्णय लिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसमेत उपस्थित म...

थाहा खबर

काेराेना संक्रमितको उपचार गर्ने भनी निजी अस्पतालले सरकारलाई झुक्याए

काठमाडौं : मुलुकभर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारी अस्पतालमा चाप बढ्यो। सरकारले संक्रमितको उपचारका लागि निजी अस्पताललाई पनि आग्रह गरिसकेको छ। तर, मुलुकभर सञ्चालित केही निजी मेडिकल कलेज तथा अस्पतालबाहेक अन्य निजी स्वास्थ्यसंस्थाले संक्रमितको उपचार गरेका छैनन्। सरकारले निर्धारण गरेको कोभिड ...

थाहा खबर

कोरोनाविरुद्ध सरकारको तयारी प्रभावकारी

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढे पनि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले पर्याप्त तयारी गरेको बताउनुभएको छ । उहाँले गम्भीर प्रकृतिका एक हजार पाँच सयसम्म बिरामीको उपचार गर्न औषधि र आईसीयूका सामग्री मौज्दात रहेको जानकारी दिनुभयो ।

गोरखापत्र

‘सरकार संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित छ’

काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचार, आपूर्ति र शान्ति सुरक्षामा केन्द्रित भएर काम गरिरहेको

बाह्रखरी

सरकारले सातै प्रदेशमा आईसीयू र आइसोलेसनसहितको पूर्वाधार निर्माण गर्ने

३० फागुन, काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि सरकारले सातवटै प्रदखेशमा आईसीयू र आईसोलेसनसहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्च स्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले …

अनलाइनखबर