प्रधानमन्त्रीले 'नेपाल केक' काटेकोमा भीम रावलको आपत्ति, ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकदिन पछाडि जन्मदिनको शुभकामना दिएका छन्। उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत् सोमबार शुभकामना दिएका हुन्।

आइतबार प्रधानमन्त्री ओलीले ६९ औं जन्मदिन मनाए। पार्टीको आचारसंहिता उल्लंघन गर्दै मनाइएको विवादित बन्यो। झन् ओलीले काटेको केकको तस्विर सार्वजनिक भएपछि सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म तात्यो। नेपालको नक्सा अंकित केके काटेपछि प्रधानमन्त्रीलाई प्रश्न गर्ने र व्यङ्ग्य गर्ने क्रम जारी छ।

सोही कुरा रावलले ट्वीटमा समेत उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन्, 'केक काट्ने नेपाली मौलिक संस्कृति होइन। देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन।'

रावलले 'समृद्धि'का लागि देशले संसारसामू हात थापिरहेको समयमा खर्चिलो जन्मोत्सव खर्चिलो बनाउनुलाई समेत गलत भनेका छन्। उनी थप लेख्छन्,'ठूलो खर्चमा जन्मदिन मनाउन पार्टीको निर्णयले पनि दिँदैन।'

सम्बन्धित सामग्री

यसरी मनाइयाे प्रधानमन्त्री ओलीकाे ७० औँ जन्मदिन (तस्बिरहरू)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार आफ्नाे ७० औँ जन्मदिन मनाउनुभएकाे छ । सीमित परिवारका सदस्यकाे उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटारमा जन्मदिन मनाउनुभएकाे हाे ।  जन्मदिनको कार्यक्रममा प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यका साथै केही आफन्त उ...

उज्यालो अनलाइन

प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औं जन्मदिन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पारिवारिक जमघटमा उनले केक काटेका थिए। परिवारका सीमित सदस्यहरुबीच मनाइएको जन्मोत्सवमा उनका पिता मोहनप्रसाद ओलीले टिका लगाएर आशिर्वाद दिएका थिए।

नागरिक दैनिक

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद …

अनलाइनखबर

मोदीलाई ओलीको शुभकामना : सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेछौं

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मोदीलाई ट्विटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ । ट्विटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले ल...

उज्यालो अनलाइन

मोदीलाई ओलीको जन्मदिनको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।  जन्मदिनको शुभकामना दिँदै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशमा सुस्वास्थ्य र खुशीको कामना गरिएको छ। Warm greetin...

थाहा खबर

प्रधानमन्त्री ओलीलाई भान्जीको मृगौला

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरू भेला भएका थिए । उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक ...

नेपाल आज

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्‍न : जन्मदिनमा तडकभडक किन गरेको?

काठमाडौं : नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा काटेको ‘केक’ को विषयलाई लक्षित गर्दै देशलाई काटेर खान नमिल्ने बताएका छन्।   सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटरमा उनले लेखेका छन्, ‘देशलाई हामी आमा भन्छौं, का...

थाहा खबर

बालुवाटार पुगेर शुभेच्छुकले दिए प्रधानमन्त्रीलाई जन्मदिनकाे शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभेच्छुकहरुले जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिन मनाउनकै लागि आइतबार

नयाँ पत्रिका

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए । नेता तथा कार्यकर्ताले ओलीलाई आज जन्मदिनको शुभकामना दिइरहेका भए पनि उनले भने हिजै राति केक काटेर जन्मदिन मनाइसकेका छन् । ४ वर्षअघि सम्म जन्मदिन नमनाउने …

OnlineKhabar