सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । हिजो चुनावी प्रचारका क्रममा वडा–१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो । झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका नेकपा (माओवादी केन्द्र) को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा उल्लेख छ । झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु