प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकिएपछि देउवा शितलनिवास पुगेका हुन् ।
शितलनिवासमा २ नम्बर प्रदेशका प्रदेश प्रमुखको शपथ कार्यक्रममा सहभागी हुन देउवा शितलनिवास पुगेको स्रोतले बतायो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।