अमेरिकी कोसँग बढी प्रभावित छन्, ट्रम्प वा ओबामा ?

वासिङ्टन-अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प वा पूर्वराष्ट्रपति बाराक ओबामा फेरि एकपटक आमनेसामने भएका छन्, तर यो वर्ष कोही विजेता र कोही पराजित भएका छैनन् । दुवैबीचको मुकाबिला बराबरी रहेको छ । एक अमेरिकी एजेन्सीले गरेको सर्भेमा डोनाल्ड ट्रम्प र बाराक ओबामा सर्वाधिक प्रशंसनीय व्यक्तिको सूचीमा बराबारीमा आएका छन् । यो सूचीमा बाराक ओबामा लगातार रहँदै आएका थिए भने डोनाल्ड ट्रम्पले उनलाई यसपटक टक्कर दिएका छन् ।
अमेरिक सर्भे एजेन्सी ग्यालपले गरेको एक सर्भेमा २०१९ मा सर्वाधिक लोकप्रिय अमेरिकीको व्यक्तिका रूपमा शीर्ष स्थानमा डोनाल्ड ट्रम्प र बाराक ओबामा रहेका छन् । दुवै नेतालाई यस पटक १८–१८ प्रतिशत भोट प्राप्त भएको छ । गत वर्ष बाराक ओबामालाई १९ र डोनाल्ड ट्रम्पलाई १३ प्रतिशत मत प्राप्त भएको थियो ।

यो सूचीमा नेता मात्रै नभएर अमेरिकाका कैयौं ठूला हस्तीलाई पनि समावेश गरिएको छ ।

सूचीको पहिलो र दोस्रो स्थानमा बाराक ओबामा र डोनाल्ड ट्रम्प रहेका छन् भने तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः जिम्मी कार्टर, इलोन मस्क र बिल गेट्स रहेका छन् ।

महिलातर्फ मिशेल ओबामा १० प्रतिशत, मेलानिया ट्रम्प ५ प्रतिशत, ओपरा विनफ्रे ३ प्रतिशत, हिलारी क्लिन्टन ३ प्रतिशत र ग्रेटा थनबर्ग ३ प्रतिशतका साथ शीर्ष पाँचको सूचीमा रहेका छन् ।

सम्बन्धित सामग्री

ट्रम्प ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्।

नागरिक दैनिक

ह्वाइटहाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ : ओबामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन्। तर, उनले हार स्वीकारेका छैनन्।  चुनाव हारेका ट्रम्प नोभेम्बर ३ यता ह्वाइटहाउसबाट बाहिर देखिएका छैनन्।  यही बीचमा पूर्व राष्ट्रपति बराक ओबामाले ट्रम्पको जिद्दीपन बारे बोलेका छन्। एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, 'यदि कोही ह्वाइट हाउस…

थाहा खबर

आलोचना नगर्ने परम्परा तोड्दै ट्रम्पमाथि खनिए ओबामा

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीखो टिप्पणी गरेका छन्।  पूर्व राष्ट्रपतिले वर्तमान सरकारमाथि टिप्पणी नगर्ने अमेरिकी शासकीय परम्परालाई तोड्दै ओबामाले ट्रम्प र उनको प्रशासनमाथि आलोचना गरेका हुन्।  कोरोना (कोभिड–१९) महामारी रोक्न ट्रम्प प्रशासनले अपनाएको तौरतरिकामाथि ओब...

थाहा खबर