हिन्दु राज्य र राजतन्त्र पुन:स्थापनाकाे माग गर्दै काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ – हिन्दु राष्ट्र कायम गरि राजतन्त्र पुनःस्थापनाकाे माग राख्दै काठमाडाैँमा प्रदर्शन भएकाे छ। राष्ट्रिय शक्ति नेपालकाे आयाेजनामा महेन्द्रशालिक दरबारमार्ग अगाडिबाट प्रदर्शन सुरु भएकाे हाे। उक्त प्रर्दशनमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्टसहित प्रवक्ता अनिल याेगी,  नेपाली कांग्रेसका नेता बिपिन काेइरालासहित सहभागी थिए। बाजागाजासहित सुरु भएकाे र्‍याली महेन्द्र शालिक हुँदै घण्टाघर,रत्नपार्क,भाेटाहिटी,असन, ईन्द्रचाेक हुँदै बसन्तपुर […]

सम्बन्धित सामग्री

कांग्रेसमा उठ्दै हिन्दुराज्यको मुद्दा, मन्दिरतिर मोडिदै प्रचण्ड-ओलीको यात्रा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत सोमबार पार्टीको नवलपरासी (पूर्व) को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै राजतन्त्र पुनःस्थापना गर्न नसकिने तर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य राख्ने विषयमा छलफल गर्न सकिने अभिव्यक्ति दिए। ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन। संघीयता र गणतन्त्रविरुद्धको कुनै गतिविधि स्वीकार्य हुँदैन। धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ’, देउवाले भनेका थिए। देउवाको

नेपाल– आशा र निराशाको ढिकीच्याउँ

विगतको आफ्नो एकल वर्चस्वलाई स्वर्ग सम्झिने एक थरीहरू सारा आन्दोलनको उपलब्धि उल्टाउने चाहना बोक्छन्। लोकतन्त्र मासेर राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता खोसेर हिन्दु राज्य बनाउने जस्ता चेतावनी दिन्छन्।

निर्णायक शक्ति को बन्ने अब? विदेशी कि नेपाली जनता?

गणतन्त्र आगमनपछि सबभन्दा ठूलो दाबी ‘जनताको छोरो या छोरी राष्ट्रप्रमुख हुन पाउँछन्’ हुने गर्थ्यो अग्रगामी कित्ताबाट। केपी ओलीले त राजतन्त्र पक्षधरलाई ‘मुर्ख’ र ‘स्वार्थी’ को संज्ञा दिएका छन्। राष्ट्र र राज्य निर्माणका आरोह, अवरोह र ‘लोकतन्त्र’ लाई विदेशीको उपहारका रुपमा स्थापित गर्न रुचाउने हो भने यस्ता दुवै तर्कहरुलाई जनताको कुनै न कुनै पक्षले रुचाएको हुन्छ […]

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थ...

बेलायतमा राजा र रानीको काम के हुन्छ ?

बेलायतमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि, सिंहासन तुरुन्तै उनका उत्तराधिकारी, राजा चार्ल्स III लाई हस्तान्तरण गरियो ।बेलायतमा संसदीय राजतन्त्र छ, अर्थात् राजा पनि छ र संसद पनि छ । यी दुवै त्यहाँका बलियो संस्था हुन् जुन एकअर्काका पूरक हुन् ।राजा बेलायतका राज्य प्रमुख हुन् । यद्यपि, राजगद्दीका शक्तिहरू प्रतीकात्मक र औपचारिक छन् । बेलायतका राजा राजनीतिक रूपमा तटस्थ रहन्छन् ।राज्य प्रमुखको रूपमा, राजा चार्ल्स III ले रातो छालाको बक्समा हरेक दिन सरकारी काम र निर्णयबारे जानकारी प्राप्त गर्नेछन् ।

राजतन्त्र र हिन्दु राज्य कायम गरेरै छाड्ने पूर्वमन्त्री बस्नेतको दाबी

उदयपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाएरै छाड्ने दाबी गरेका छन् । कूल जनसंख्या मध्ये झण्डै ८० प्रतिशत हिन्दु धर्मप्रति आस्था राख्ने नागरिक भएको नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए । गृह जिल्ला पुगेका पूर्वमन्त्री बस्नेतले होटेल वल्ड …