लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, औद्योगिक कर्जा बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा खासगरी 'ड्राइ सिरप', बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जीआई पाइप, औषधिजन्य उत्पादन उद्योगको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका समग्र उद्योगको औसत क्षमता उपयोगमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित सामग्री

उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौं  । आर्थिक गतिविधिमा कमी आइरहेका बेला उद्योगहरूको क्षमता उपयोग पनि घटेको पाइएको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन तनावका कारण देखिएको उच्च महँगी र वित्तीय क्षेत्रमा तरलता अभावसँगै आर्थिक गतिविधिमा कमी आउँदा उद्योगको क्षमता उपयोगमा प्रभाव परेको हो । नेपाल राष्ट्र बैैंकले गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले चालू आर्थिक वर्ष (आव) को पुससम्ममा उद्योगहरूको औसत क्षमतामध्ये ४३ दशमलव शून्य ७ प्रतिशतमात्र उपयोगमा रहेको देखाएको छ । गत आवको यही अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । राष्ट्र बैंकले ७ ओटै प्रदेशका १५४ उद्योगलाई समेटेर गरेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये बिजुली उद्योगको क्षमता उपयोग ९३ दशमलव १९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५ दशमलव ५९ प्रतिशत र प्रशोधित चिया उद्योगको क्षमता उपयोग ८५ दशमलव ३९ प्रतिशत रहेको पाइएको छ । अध्ययनले समेटेका उद्योगमध्ये वनस्पति घिउ, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्विड, साबुन, प्लास्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ती, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छाला र कपडाको जुत्ता उद्योगको क्षमता उपयोग बढेको छ । यस्तै प्रशोधित दूध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ड्राइ सिरप, इँटा, स्टीलबाट उत्पादन हुने वस्तु, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ । प्रादेशिक आधारमा भने कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ५१ दशमलव ९ प्रतिशत र मधेशका उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३४ दशमलव १ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले आयातित कच्चा पदार्थमा आधारित उद्योगको लागत बढ्दा उद्योगहरूको क्षमता उपयोग घटेको पाइएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । यसैगरी औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुमा विविधीकरणको कमीलगायत समस्याले पनि उद्योगको विकास हुन नसकेको अध्ययनले देखाएको उनको भनाइ छ । तर, कतिपय प्रदेशको औद्योगिक क्षेत्रमैत्री नीति र यातायात पूर्वाधारलगायत विकासले उद्योगको क्षमता बढ्दै गएको पाइएको छ ।  द्योगिक कर्जा पनि घट्यो गत आवमा बैंकहरूबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको छ । २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक, वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ दशमलव ९ प्रतिशतले घटेर १३ खर्ब ४३ अर्ब ३७ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको थियो ।  कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७ दशमलव ९ प्रतिशत छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १ दशमलव ३, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव १, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९ दशमलव ६, निर्माणसम्बन्धी उद्योगमा १३, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

४० प्रतिशत उद्योगमात्रै पूर्ण उत्पादन क्षमतामा संचालन

नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रिय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ ।तथ्यांक विभागले शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको हो । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन […]

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।...

नेपालका उद्योगहरुबाट क्षमताको ७१ प्रतिशत मात्रै उपयोग

नेपालका उद्योगले आफ्नो उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै क्षमता उपयोग गरेको पाइएको छ । नेपाल उद्योग परिसङ्घले उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले …

उद्योगहरूको क्षमता उपयोग बढ्यो

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको देखाएको हो । प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव ८ प्रतिशत थियो । अहिले भने उत्पादनमूल...

उद्योगहरूको क्षमता उपयोग बढ्यो

काठमाडौं । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको देखाएको हो । प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव ८ प्रतिशत थियो । अहिले भने उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१ दशमलव १५ रहेको छ । प्रतिवेदनमा अहिले पनि ६१ दशमलव ८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको  उल्लेख छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि उल्लेख छ । अध्ययन भएको अवधिमा कृषिक्षेत्रका उद्योगले औसतमा ८ दशमलव ७ प्रतिशत, ऊर्जाक्षेत्रका उद्योगले औसतमा ७ दशमलव ७, उत्पादनमूलक उद्योगले ८ दशमलव ७ प्रतिशत र सेवाक्षेत्रका उद्योगले औसतमा ८ दशमलव २ प्रतिशत ब्याज तिरेका छन्, जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासको भन्दा धेरै हो । यसैगरी उत्पादनमूलक उद्योगहरूले आप्mनो चालू पूँजीको ५४ दशमलव १ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागी भएकामध्ये ६१ दशमलव ७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको पनि बताएका छन् । यस्ता उद्योगी गतवर्षको अन्तिम त्रैमासमा ८३ प्रतिशत थिए । प्रमुख औद्योगिक क्षेत्रका गतिविधिको अध्ययन गरेर परिसंघले ‘औद्योगिक अवस्थिति प्रतिवेदन’ को दोस्रो अंक उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरेका हुन् । कार्यक्रममा उद्योग सचिव पोखरेलले निजीक्षेत्रबाट गरिएका अध्ययन अनुसन्धानले सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि औद्योगिक विकासका लागि सरकारले निजीक्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताए । उनले स्वदेशी उद्योगको प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै अघि बढ्ने पनि बताए । सचिव पोखरेलले नवप्रवर्तनकारी उद्योगको प्रवर्द्धनका लागि सरकारले जोड दिएको बताए । उनले भने, ‘चालू वर्षबाट ठूला उद्योगले पाँचओटासम्म नवप्रवर्तनकारी व्यवसायमा १ लाख रुपैयाँ लगानी गर्दा खर्च गणना गर्न सक्ने व्यवस्था गरेको बताए ।’ कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगीकरणका लागि क्षेत्रगत नीति तर्जुमा गरी त्यसको कार्यान्वयन गर्न जोड दिएका थिए । चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जाक्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ ।

उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको पाइएको हो ।प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका […]

गत आवको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग

गत आर्थिक वर्षको चौथो त्रैमासमा उद्योगको क्षमता ६४.८ प्रतिशतले उपयोग भएकको एक अध्ययनले देखाएको छ ।प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “आद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गर्दै प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको हो ।परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना […]

परिसंघले सार्वजनिक गर्यो औद्योगिक प्रतिवेदन

प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “औद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गरेको छ । परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक सार्वजनिक गरेको हो ।गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि र ऊर्जा क्षेत्रका उद्योगको अवस्थाका विषयमा प्रतिवेदनमा विस्तृत तथ्यांक समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरूले कूल उत्पादन क्षमताको ६४.८ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।प्रति