उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौं  । आर्थिक गतिविधिमा कमी आइरहेका बेला उद्योगहरूको क्षमता उपयोग पनि घटेको पाइएको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन तनावका कारण देखिएको उच्च महँगी र वित्तीय क्षेत्रमा तरलता अभावसँगै आर्थिक गतिविधिमा कमी आउँदा उद्योगको क्षमता उपयोगमा प्रभाव परेको हो । नेपाल राष्ट्र बैैंकले गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले चालू आर्थिक वर्ष (आव) को पुससम्ममा उद्योगहरूको औसत क्षमतामध्ये ४३ दशमलव शून्य ७ प्रतिशतमात्र उपयोगमा रहेको देखाएको छ । गत आवको यही अवधिमा उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत थियो । राष्ट्र बैंकले ७ ओटै प्रदेशका १५४ उद्योगलाई समेटेर गरेको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वेक्षणमा समेटिएका उद्योगमध्ये बिजुली उद्योगको क्षमता उपयोग ९३ दशमलव १९ प्रतिशत, चकलेट उद्योगको क्षमता उपयोग ८५ दशमलव ५९ प्रतिशत र प्रशोधित चिया उद्योगको क्षमता उपयोग ८५ दशमलव ३९ प्रतिशत रहेको पाइएको छ । अध्ययनले समेटेका उद्योगमध्ये वनस्पति घिउ, तोरीको तेल, भटमासको तेल, चामल, गहुँको पिठो, पशुदाना, बिस्कुट, चाउचाउ, मदिरा, हल्का पेय पदार्थ, सिन्थेटिक कपडा, प्रशोधित छाला, रंग, ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, लिक्विड, साबुन, प्लास्टिकका सामान, सिमेन्ट, कंक्रिट, फलामको छड तथा पत्ती, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, छाला र कपडाको जुत्ता उद्योगको क्षमता उपयोग बढेको छ । यस्तै प्रशोधित दूध, चिनी, चकलेट, प्रशोधित चिया, बियर, चुरोट, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, कच्चा छाला, चिरेको काठ, कागज, रोजिन, ड्राइ सिरप, इँटा, स्टीलबाट उत्पादन हुने वस्तु, जीआई तार, जीआई पाइप, घरेलु धातुका सामान र चप्पलको क्षमता उपयोग घटेको छ । प्रादेशिक आधारमा भने कर्णाली प्रदेशका उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ५१ दशमलव ९ प्रतिशत र मधेशका उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३४ दशमलव १ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले आयातित कच्चा पदार्थमा आधारित उद्योगको लागत बढ्दा उद्योगहरूको क्षमता उपयोग घटेको पाइएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । यसैगरी औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुमा विविधीकरणको कमीलगायत समस्याले पनि उद्योगको विकास हुन नसकेको अध्ययनले देखाएको उनको भनाइ छ । तर, कतिपय प्रदेशको औद्योगिक क्षेत्रमैत्री नीति र यातायात पूर्वाधारलगायत विकासले उद्योगको क्षमता बढ्दै गएको पाइएको छ ।  द्योगिक कर्जा पनि घट्यो गत आवमा बैंकहरूबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको छ । २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक, वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ६ दशमलव ९ प्रतिशतले घटेर १३ खर्ब ४३ अर्ब ३७ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव ४ प्रतिशतले बढेको थियो ।  कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २७ दशमलव ९ प्रतिशत छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १ दशमलव ३, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव १, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९ दशमलव ६, निर्माणसम्बन्धी उद्योगमा १३, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

मधेसमा सञ्चालनमा रहेको उद्योगहरूको उत्पादन क्षमता घट्यो: नेपाल राष्ट्र बैंक

जनकपुरधाम- मधेस प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन २०७९/८० अनुसार यस प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो क्षमताको ५४.२५ प्रतिशत मात्र उपयोग गर्न सकेका छन्। आर्थिक वर्ष २०७९/८० मा नमुना छनोटमा समेटिएका उद्योगहरूको क्षमता उपयोग आव २०७८/७९ को तुलनामा घटेको […]

उद्योगको क्षमता उपयोग घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले पुससम्मको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार निक्षेप ९ दशमलव १ प्रतिशतले बढेको उल्लेख छ । उक्त अवधिमा कर्जा प्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा […]

मुलुकभरका उद्योगको क्षमता उपयोग घट्यो

मुलुकभरका उद्योगहरुको क्षमता उपयोग औसत ५.२३ प्रतिशत बिन्दुले घटेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले मुलुकरभरका उद्योगहरुको औसत क्षमता उपयोग घटेको देखाएको हो ।

कोशी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, साढे १७ हजारलाई रोजगारी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ४०.६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलानमा यो ८.३ प्रतिशत विन्दुले घटेको राष्ट्र बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो, औद्योगिक कर्जा बढ्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग घटेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देखाएको छ । उक्त अवधिमा खासगरी 'ड्राइ सिरप', बिजुलीका तार तथा केबुल, कंक्रीट, चामल, पेय पदार्थ, जीआई पाइप, औषधिजन्य उत्पादन उद्योगको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका समग्र उद्योगको औसत क्षमता उपयोगमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा उद्योगको क्षमता उपयोग घट्यो

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशा सञ्चालित उद्योगहरुको क्षमता उपयोग घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो । राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ४.५४ प्रतिशत विन्दुले घटेको हो ।

प्रदेश १ मा उद्योगहरूको औसत क्षमता उपयोग घट्यो, ५‍.९% ले गुमाए रोजगारी

प्रदेश १ मा उद्योगहरूको औसत क्षमता उपयोग घटेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५२.६ प्रतिशत छ । २०७७/७८ मा ती उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।

टीकापुर घटनाको पाठ: राज्यविरुद्ध संघर्ष चर्काए आतङ्ककारी

टीकापुरमा थारू विद्रोह भएको सातौँ वर्ष पूरा हुँदा थारूहरुको सामाजिक प्रतिरोधी क्षमता वृद्धि भयो कि घट्यो ? यो प्रश्न म आफैँसँग गर्न जरुरी ठाने । विद्रोहकै दिन अर्थात् भदौ ७ गते सिनर्जी एफएम चितवनसँग मैले छोटो कुराकानी गरेँ । त्यस अन्तरवार्तामा राज्यले षड्यन्त्र गरेको र थारू त्यहाँ उपयोग भएको मेरो तर्क थियो । त्यसो हो भने विद्रोहको योजनाकार रेशमलाल चौधरी हुन् त ? आजसम्म यसैको सेरोफेरोमा कथाहरू बुन्ने प्रयत्न भएको देखिन्छ । राज्य संयन्त्र त्यसबेला टीकापुरमा पूर्ण रूपमा क्रियाशील भयो । घटना भए

उद्योगहरुको आयको वृद्धिदरमा ह्रास, ब्याजदर बढ्दा उत्पादन क्षमता घट्यो

नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । परिसंघको चौथो अंक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ। यसअवधि

प्रदेश १ का उद्योगको क्षमता उपयोग घट्यो

प्रदेश १ का उद्योगको औसत क्षमता उपयोग घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको अर्धवार्षिक अध्ययनअनुसार आर्थिक वर्ष २०७८/ ०७९ को पहिलो ६ महिनामा प्रदेश १ का उद्योगहरुको औसत क्षमता उपयोग घटेर ४८.९ प्रतिशत भएको छ । केन्द्रीय बैंकले प्रदेश १ का १४ जिल्लामा गरेको अध्ययनले गत आर्थिक वर्षको सोही अवधिमा उद्योगहरुको औसत क्षमता उपयोग […]