सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

सरकारले मुलुकको कृषि क्षेत्रको विकासका लागि सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध...

सम्बन्धित सामग्री

कृषिमा नगरपालिकाको २५ प्रतिशत बजेट छुट्टयाउनुपर्ने किसानको माग

चितवन । राप्ती नगरपालिकाका किसानले कृषि क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउनु पर्ने माग गरेका छन । किसानको तर्फबाट यस्तै माग समेटेर जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले राप्ती नगरपालिकालाई शुक्रबार  ज्ञापन पत्र बुझाएको हो ।  ज्ञापन पत्रमा रासायनिक मल पर्याप्त पाउनुपर्ने, मल डिपोका सहकारीलाई कृषक तथा शेयर सदस्य संख्याका आधारमा रासायनिक मल उपलब्ध गराउनुपर्ने, नगरको कुल बजेटको २५ प्रतिशत कृषिका लागि छुट्टयाउनुपर्ने, नगरका सबै वडामा कृषिको विशेष योजना ल्याउनुपर्ने, विभिन्न बालिका आबद्ध उत्कृष्ट किसानलाई पुरस्कृत गर्नुपर्ने उल्लेख छ । किसानको दिगो विकासका लागि राप्तीका किसानले कृषि योजना ल्याउनुपर्ने उनीहरुको माग छ । साथै रासायनिक मल र रासायनिक विषादी प्रयोग बिस्तारै कम गर्दै अर्गानिक खेतीलाई प्रोत्साहन दिनुपर्ने उनीहरुले ज्ञापन पत्र मार्फत माग गरेका हुन् । कृषिको विकासका लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्न नसकेको उनीहरुको आरोप छ । नगरको अधिकांश जमिन खेतीयोग्य रहेकाले कृषिलाई नै प्राथमिकता दिएर योजना बनाउनुपर्ने संस्थाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । संस्थाका अध्यक्ष धर्मराज कँडेलले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए । यसै, कृषकलाई आवश्यक यान्त्रीकरण उपलब्ध गराउनुपर्ने, उन्नत बीउबिजन अनुदानमा उपलब्ध गराउनुपर्ने, बेमौसमी समयमा पहाडी वडामा विशेष योजना लैजानुपर्ने लगायतका माग गरिएको छ  । यसैगरी, कृषक मल कार्ड प्रदान गर्नुपर्ने, कृषक बाली बिमा योजना ल्याउनुपर्ने, सिंचाइका लागि स्यालो बोरिङ र डिप बोरिङ पर्याप्त हुनुपर्ने, संस्थालाई एक जना कृषि प्राविधिक उपलब्ध गराउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै संस्थाका अध्यक्ष धर्मराज कँडेलले राप्तीमा समग्र कृषि क्षेत्रलाई उपेक्षा गरिएको बताए । जिल्लामा सबैभन्दा बढी उर्वर उत्पादन हुने पालिका राप्ती भएपनि यस क्षेत्रलाई वेवास्ता गरेको उनले आरोप लगाए ।  यसअघिपनि नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको संस्थाका अध्यक्ष कँडेलको भनाइ थियो । ज्ञापन पत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले सहकारीले पेस गरेको ज्ञापन पत्र नगरप्रमुखलाई उपलब्ध गराउँदै कृषिको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

भारतबाट मुर्रा राँगा ल्याउने प्रक्रिया सुरु

काठमाडौं, जेठ २२ । भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतसँग पाँच वर्षअगाडि नै यससम्बन्धी सहमति भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्यसमूहको बैठकमा सो निर्णय भएको थियो । सो निर्णय […]

सबै वडामा कृषि प्राविधिक उपलब्ध गराइने

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै कृषि क्षेत्रबारे प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक पढेका एक–एक जना जनशक्ति उपलब्ध गराउने तथा प्रत्येक वडामा कृषि प्राविधिक उपलब्ध गर...

प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक, एक-एक जना कृषिमा स्नातक जनशक्ति पनि

१५ जे, काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेका एक–एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ । साथै प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक तयार पार्ने पनि सरकारले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री […]

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताउनुभयो ।

हिमालयन जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन प्रशिक्षण

काठमाडौ (अस) । हिमालयन जनरल इन्स्योरेन्सले बनेपामा काभ्रे र सिन्धुपलाञ्चोकका प्राविधिकलाई लक्षित गरी कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । तीनदिने प्रशिक्षण कार्यक्रममा काभ्रे र सिन्धुपलाञ्चोक तथा अन्य जिल्लाका २३ प्रशिक्षार्थीको सहभागिता थियो । कृषि विभागका वरिष्ठ कृषि प्राविधिक अधिकृत शिवसुन्दर घिमिर (बाली बीमा फोकल पर्सन) र कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी, बीमा समितिका सहायक निर्देशक प्रीति देव र कम्पनीका कर्मचारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले बीमामा क्षति मूल्यांकनकर्ताको भूमिका गहन हुने हुँदा बीमाको सर्त–सुविधा तथा सिद्धान्त अधीनमा रही बीमितको हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए । कम्पनीले काभ्रे, सिन्धुपलाञ्चोकका साथै ललितपुर र बारामा कृषि तथा पशुपक्षी बीमा सेवा प्रदान गर्ने जिम्मेवारी बीमा समितिबाट पाएको छ । मंसिरभित्रै ललितपुर र बारामा पनि कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कम्पनीको लक्ष्य छ । प्रशिक्षणपछि कृषि तथा पशुपक्षी बीमाअन्तर्गत दाबीका सन्दर्भमा क्षति मूल्यांकन गर्न सहज हुनुका साथै यसबाट बीमितलाई छिटोछरिटो दाबी भुक्तानी सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले गत आर्थिक वर्षमा करिब १० हजार २ सय कृषि तथा पशुपक्षी बीमालेख जारी गरी ९ करोड ६४ लाख बीमाशुल्क संकलन गरेको थियो । ६ सय ३४ वटा दाबीबापत ३ करोडभन्दा बढी दाबी भुक्तानी गरेको थिए । हिमालयन जनरल इन्स्योरेन्सको रक्तदान हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत थापागाउँस्थित कार्यालय परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम थापागाउँ टोल सुधार समिति र  रोट्रयाक्ट क्लब अफ यलको सहभागितामा ललितपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी, बीमितलगायत गरी २१ जना सहभागी थिए । हरेक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आएको कम्पनीले बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको बीमा क्षति मूल्यांकन प्रशिक्षण

मंसिर १४, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले बनेपामा काभ्रे र सिन्धुपलाञ्चोकका प्राविधिकलाई लक्षित गरी कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  तीन दिने प्रशिक्षण कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक तथा अन्य जिल्लाका २३ जना प्रशिक्षार्थीको सहभागिता थियो ।  कृषि विभागका वरिष्ठ कृषि प्राविधिक अधिकृत शिवसुन्दर घिमिरे (बाली बीमा फोकल पर्सन) र कृषि विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदी, बीमा समितिका सहायक निर्देशक प्रीति देव र कम्पनीका कर्मचारीले प्रशिक्षण दिएका थिए ।  प्रशिक्षण कार्यक्रम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील वज्राचार्यले बीमामा क्षति मूल्यांकनकर्ताको भूमिका गहन हुने हुँदा बीमाको शर्त–सुविधा तथा सिद्धान्त अधीनमा रही बीमितको हितलाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए ।  कम्पनीले काभ्रे, सिन्धुपलाञ्चोकका साथै ललितपुर र बारामा कृषि तथा पशुपक्षी बीमा सेवा प्रदान गर्ने जिम्मेवारी बीमा समितिबाट पाएको छ । मंसिरभित्रै ललितपुर र बारामा पनि कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कम्पनीको लक्ष्य छ । प्रशिक्षणपछि कृषि तथा पशुपक्षी बीमाअन्तर्गत दाबीका सन्दर्भमा क्षति मूल्यांकन गर्न सहज हुनुका साथै यसबाट बीमितलाई छिटोछरितो दाबी भुक्तानी सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले गत आर्थिक वर्षमा करीब १० हजार २०० ओटा कृषि तथा पशुपक्षी बीमालेख जारी गरी ९ करोड ६४ लाख बीमाशुल्क संकलन गरेको थियो भने ६३४ ओटा दाबीबापत ३ करोडभन्दा बढी दाबी भुक्तानी गरेको थियो ।

कोरोना संकटमा खेतीपातीमै व्यस्त म्याग्दीका किसान

म्याग्दी । बिहान ६ नबज्दै म्याग्दीको बेनी नगरपाकिला–२ बगरफाँटका किसान मकै गोड्न खेतमा पुगिसकेका हुन्छन् । मुखमा मास्क र हातमा कोदालोसहित खेतका गह्रामा मकै गोड्दै गरेका किसानलाई यतिबेला कोरोना संक्रमणको डरभन्दा बाली नसप्रिएको चिन्ताले पिरोल्न थालेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा तीव्ररूपमा कोरोना संक्रमण फैलदै गएको भए पनि काम नगरी नहुने भएकाले आफूहरू सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरूले बताएका छन् । अहिले गाउँमा मकै गोड्ने, धानको बीउ राख्ने र खेतबारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमै गर्नुपर्ने भएकाले मास्क लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका–२ बगरफाँटकी सावित्रा शाहले बताइन् । रोगभन्दा भोक टार्न समस्या हुने भएकाले जोखिम भए पनि  सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइ छ । ‘परिवारको दुई छाक टार्नै भए पनि खेती गर्नुपर्छ,’ उनले भने, ‘रोगसँग डराएर मात्र पनि त भएन नि ।’ शाह र कार्की मात्र होइन, अहिले धेरै कृषक खेतबारीमा व्यस्त छन् । ‘मानो रोपेर मुरी फलाउने बेला हुँदै छ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ,’ मंगला गाउँपालिका–३ का कृषक युमाकान्त सापकोटाले भने, ‘गाउँमा भने खेताला पनि पाइन्नन्, अर्मपर्म नगरीकन खेती लगाउनै सकिँदैन ।’ वर्षात्को खेती सिजन शुरू हुन लागेसँगै बजारवासीभन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ । कृषिबाट जीविका चलाउने उनीहरूलाई यतिबेला फुर्सद नै छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा व्यस्त बनेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको सिजन शुरू भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहरभन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धवलागिरि गाउँपालिका–३ मुनाका पुर्म पुनले बताए । ‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ, त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्ति पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन् ।’ खेतीयोग्य जमिनमा वृद्धि, पर्याप्त सिँचाइ र रोग, किराको प्रकोप हटेपछि गतवर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ । १ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत बासिन्दा पूर्णरूपमा कृषिमा आश्रित छन् । यद्यपि उनीहरूमध्ये अधिकांशले व्यावसायिक रूपमा कृषि उत्पादन गर्न सकेका छैनन् । ७ प्रतिशतले मात्रै व्यावसायिक रूपमा कृषि पेशा गर्दै आएका छन् । गोठेमलको प्रयोग र  यस वर्ष पर्याप्त वर्षात्ले सिँचाइ पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । समयमै मल आवश्यक पर्ने किसानलाई उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी पनि गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ ।

कोभिडसँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक'

तुलसीपुर उपमहानगरपालिकाले कोभिड-१९ सँग जुध्न 'एक वडा, एक कृषि प्राविधिक' व्यवस्था गर्ने भएको छ । उपमहानगरको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख घनश्याम पाण्डेले विदेशबाट फर्किएका युवाहरूलाइ लक्षित गर्दै कृषि क्षेत्रमा उत्पादन वृद्विका लागि कृषिमैत्री नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । कृषिमा आधुनिकीकरण, भू-उपभोग नीति, कृषि पकेट क्षेत्र, बीउ आयात कम गर्दै हाइब्रिड बीउ विस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, रैथाने अन्नबालीको बिजन बैङ्क स्थापना गरी संरक्षण गरिने, बाँझो जग्गा राख्नेलाइ दण्ड जरिवाना, माटोको उपचार केन्द्र, गाउँमा एक गाउँ एक कृषि फर्म र शहरमा कौसीखेती, जग्गा चख्लाबन्दी गरी खेतीपाती गर्ने किसानका लागि अनुदानको व्यवस्था गरिने भएको छ । त्यसैगरी, दाङको चिनारीको रुपमा रहेको बदिया भाले उत्पादन वृद्वि गर्ने किसानलाई सहयोग गरिने उल्लेख गरिएको छ । जग्गा लिजमा लिएर सामूहिकमा खेती गर्ने किसानलाई लिजबापतको रकम उपलब्ध गराइने भएको छ ।

भारतबाट मुर्रा राँगा ल्याउने प्रक्रिया सुरु

भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतसँग पाँच वर्षअगाडि नै यससम्बन्धी सहमति भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्यसमूहको बैठकमा सो निर्णय भएको थियो ।