पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् बुधबार प्रदेशका ११ जिल्लामा सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट उमेदवार बनेका शर्माले ५३८ मत ल्याएर निर्वाचित भएका हुन् । प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका उनका प्रतिस्पर्धी दिपेन्द्र श्रेष्ठले ४१४ मत ल्याएर पराजित भएका छन् । शर्मा र श्रेष्ठबीचको मतान्तर १२४ रहेको छ । विजयी भएका शर्मा नवलपरासीमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । त्यसैगरी शर्मासँग पराजित श्रेष्ठ यसअघि पत्रकार म