‘उद्योगको सुरक्षा गर्न उद्योग परिसरमै प्रहरी परिचालन’

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २ अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योगको सुरक्षाका लागि उद्योग परिसरमै नेपाल प्रहरीको अस्थायी केन्द्र राखिने उद्घोष गरेका छन् । कोशी प्रदेश सरकारले औद्योगिक सुरक्षा नीति भर्खरै जारी गरेको भन्दै उनले उद्योगलाई आवश्यक परेमा उद्योग परिसरमा तैनाथ हुनेगरी सुरक्षाकर्मी उपलब्ध गराइने बताएका हुन् । कोशी प्रदेशमा लगानी गर्न चाहने सबैलाई सरकारबाट सुरक्षा र संरक्षणको प्रत्याभूति गराइने उनले बताए । निजीक्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रूपमा हेरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाइ छ । द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले केही दिनअघि आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा मन्त्री कार्कीले निजीक्षेत्र सरकारको अभिन्न अंग भएको बताए । निजीक्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायत प्राथमिक क्षेत्रको मूल्य अभिवृद्धिमा योगदान गर्ने, राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाइदिने भएकाले उक्त योगदानको सबै पक्षबाट कदर हुनुपर्ने उनले उल्लेख गरे । द एशिया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिक कार्यक्रममा मन्त्री कार्कीले निजीक्षेत्र सरकारको अभिन्न अंग भएको बताए । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले भारतका विहार र तमिलनाडुको उदाहरण दिँदै संघीय सरकारको आज्ञा शिरोपर गरेर बस्ने विहार विकासमा पछि पर्दा अहिले केन्द्र सरकार र अन्य प्रदेशका लागि समेत बोझ भइरहेको, तर तमिलनाडु जस्ता प्रान्तले सरकारविरुद्ध कानूनी लडाइँ लडेर आफ्ना अधिकार प्रयोग गर्न सकेकाले विकासमा फड्को मारेको बताए । समयमै तमिलनाडु जस्ता राज्यबाट सिक्न सके अन्य सबै प्रदेशलाई विकास र समृद्धिको नमूना देखाउन सकिने धारणा उनले राखे । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्राथमिक र द्वितीय तथ्यांक संकलन र विश्लेषण गरेर पाश्र्वचित्र तयार गरिएको जानकारी दिए । तथ्यांक संकलनको कार्य कहिल्यै पूर्ण नहुने तथा निरन्तरको प्रयोग र अद्यावधिक गर्ने प्रक्रियाबाट यसको उपयोगिता बढ्ने उनले बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले निजीक्षेत्रले गरेको प्रयासमा हातेमालो गर्दै नेपाल उद्योग वाणिज्य महासंघले तयार गरेको पाश्र्वचित्रमा समेटिएका आर्थिक सामाजिक तथ्यांक सरकारको नीति निर्माणमा उपयोगी हुने बताए । तथ्यांक संकलन र व्यवस्थापनको कार्यमा प्रदेश सरकारले उद्योग वाणिज्य महासंघ लगायत निजीक्षेत्रका संघसंगठनसँग सहकार्य गर्नुपर्ने खाँचो समेत उनले औंल्याए । राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले कोशी प्रदेशमा लगानीका अनेक सम्भावना भएकाले यसलाई प्रदेशको विकास र समृद्धिसँग जोड्न सबै पक्षबीच बृहत्तर साझेदारी आवश्यक रहेको बताए । द एशिया फाउण्डेशनको सहयोगमा विभिन्न संस्थाको प्राविधिक सहायता समूहले कोशी प्रदेशको आर्थिक वृद्धिका सम्भाव्य क्षेत्र, वस्तु तथा सेवा पहिचान गरी त्यसको प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती)का कार्यकारी निर्देशक डा. पारस खरेल, कम्युनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिचका अनिरुद्र न्यौपाने लगायतले कोशी प्रदेशमा लगानी प्रवर्द्धन, उद्यमशीलता विकास, जलवायु वित्त, वैदेशिक व्यापार लगायत विषयमा प्रस्तुति दिएका थिए । 

सम्बन्धित सामग्री

चाडपर्व सुरक्षा योजना : बागमतीमा पाँच हजार ४९९ प्रहरी परिचालन

बागमती प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत पाँच हजार बढी प्रहरी परिचालन हुने भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा ५ हजार...

चाडपर्वलक्षित सुरक्षा योजना : मकवानपुरमा ८१७ प्रहरी परिचालन हुने

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्वलक्षित सुरक्षा योजनाका लागि जिल्लामा ८१७ जना प्रहरी परिचालन गर्ने भएको छ। नजिकिएका चाडपर्वलक्षित विशेष सुरक्षा योजना निर्माण गरेर उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको मकवानपुर...

सुदूरपश्चिममा चाडपर्व लक्षित कडा सुरक्षा‚ ४ हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ । दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ  ।  प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। […]

चाडपर्वका बेला काठमाण्डाैकाे सुरक्षा बढाउन ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने

काठमाण्डाै – चाडपर्वको समयमा काठमाण्डाैको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डाैले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । ...

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला […]

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण

काठमाडौंको चाडपर्व सुरक्षा : ३ हजार ३४३ प्रहरी परिचालन हुने

४ असोज, काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३ हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना-२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो […]

काठमाडौँको चाडपर्व सुरक्षा : तीन हजार ३ सय ४३ प्रहरी परिचालन गर्ने

चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर […]

होलीका लागि सुरक्षा : काठमाडौंमा माात्रै ३५०० बढी प्रहरी परिचालन

काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा […]

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।