चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले किशोरीहरुलाई दुर्व्यवहार गर्न थालेको आरोप लागेको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।भिमदत्त नगरपालिका–१९ बागफाँटाका विष्टले आजभोलि रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।