तनहुँमा बाढी-पहिरो, दुई जना बेपत्ता, पुल बगायो

तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोबाट क्षति पुगेको छ। बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरो गएको छ। अन्य धेरै ठाउँमा पनि पहिरो खसेको र केही ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए। ‘धेरै ठाउँमा पहिरो खसेका विवरण आएका छन्, बन्दीपुरमा पहिरोमा पुरिएको एक जनाको उद्दार गरिएको छ भने एक जना बेपत्ता रहेको र घाइतेलाई अस्पताल लगिएको छ,’ उनले भने। 

सम्बन्धित सामग्री

कैलालीमा बाढी र डुबानबाट  १५ सय परिवार प्रभावित, बाढीमा एक बेपत्ता

कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो कैलालीमा कञ्चनपुरमा बाढीले बगाउँदा धनगढी उपमहानगरपालिका– १३ की २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छिन् । स्थानीय झलारी नालामा माछा मार्न गएकी उनी बेपत्ता भएको...

झोलुङ्गे पुल बगायो, बस्ती डुवानमा

महेन्द्रनगर । बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ ।शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो । बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ । यस्तै अविरल वर्षाका कारण कञ्चनपुरमा करीब तीन सय घर डुबानमा परेका छन् । […] The post झोलुङ्गे पुल बगायो, बस्ती डुवानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो

नुवाकोट । मंगलवार राति वर्षासँगै तादी खोलामा बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । तादी खोलामा बाढी आउँदा ५ वटा पक्की पुल, धानखेती तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले जिल्लाकै प्रसिद्ध जालपादेवी मन्दिरमा क्षति पु-याएको छ । वर्षाको कारण राजधानी काठमाडौ जाने छोटो मार्ग छहरे–टोखा सडक खण्डको ढिकुरे बजारमा रहेको पक्कीपुलमा […] The post नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाढीले झोलुङगे पुल बगायो

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।

तेह्रथुमममा बाढीले निर्माणाधिन पुल बगायो

तेह्रथुम । पुष्पलाल राजमार्ग अन्र्तगत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणाधिन मोटोरेबल पुल बढीले बगाएको छ । अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ राखिएको फलामका पिल्लर बगाएको हो । २०७३ सालमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा बिगत ६ वर्षदेखि अलपत्र पुल निर्माणको अन्तिम चरणमा […]

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।

बाढीले तनहुँमा छाब्दीखोला पुल बगायो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । हिजो देखि तनहुँमा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको छ।

मनाङमा बाढीले पुल बगायो

न्युज अफ नेपाल, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस काठको पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेशीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका – १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो। पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे […]