बाढीले तनहुँमा छाब्दीखोला पुल बगायो

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो । हिजो देखि तनहुँमा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको छ।

सम्बन्धित सामग्री

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो, बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । बाढीले छाब्दीखोला पुल बगायोअविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छ