असारे विकासको विकृतिः ११ महिनामा १५ प्रतिशत, असारमा मात्रै १६ प्रतिशत खर्च :: Pahilopost.com

सुर्खेतः आर्थिक वर्षको अन्त्यमा बजेट बढी खर्च हुने प्रवृत्ति कर्णालीमा पनि हाबी भएको छ। यसअघि प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिने प्रवृत्ति रोक्ने अर्थात् असारे विकास रोक्ने बताए पनि नियन्त्रण गर्न सकेन।

चालु आर्थिक वर्षमा २८ अर्व २८ करोड २८ लाख बजेट ल्याएको कर्णाली सरकारले बजेट खर्च गर्न नसक्दा चर्को आलोचना खेप्नु परेको छ। प्रदेश सरकारले असार ३० गतेसम्म जम्मा ३१.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। आर्थिक वर्षको ११ महिनामा खर्च गर्न नसकेको बजेट असारको एक महिनामा बढी खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ महिनासम्म जम्मा १५.१२ प्रतिशत खर्च गरेको छ भने, असारमा मात्रै १६.३५ प्रतिशत बजेट खर्च भएको छ।

‘प्रदेश सरकारको बजेटको अवस्था हेर्ने हो भने ११ महिनामा खर्च गर्न नसकेको बजेट एकै महिनामा खर्च गरेको देखिन्छ’ कार्यालयका लेखा अधिकृत यमुना श्रेष्ठले भनिन्, ‘चालु वर्षको जेठ महिनासम्म १५.१२ प्रतिशत खर्च गरेको छ। असारमा १६.३५ प्रतिशत बजेट खर्च भएको छ।’

उनको अनुसार प्रदेश सरकारले जम्मा बजेटको आधा पनि खर्च गर्न नसकेको हो।

यसअघि असारको अन्त्यमा भुक्तानी दिने प्रवृत्ति रोक्ने भनिए पनि अहिले सबैभन्दा बढी असार महिनामा भुक्तानी भएको देखिन्छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ ६६.९७ प्रतिशत बजेट खर्च भएको छ।

चालुतर्फ ४ अर्व २७ करोड ११ लाख रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ४ अर्र्ब ६२ करोड ८० लाख रुपैयाँ खर्च भएको छ।

सरकारी संयन्त्र चुस्त नहुँदा ढिला काम हुने र असारमा भुक्तानी दिने प्रवृत्ति बढेको विश्लेषक अर्जुन ऐडी बताउँछन्।

‘सरकारको मेकानिज्मनै त्यस्तो छ। सार्वजनिक खरिद ऐन प्रक्रियामा ढिला हुने हुँदा पनि असारमै भुक्तानी हुने प्रवृत्ति बढेको देखिन्छ’ ऐडीले भने, ‘काम गर्ने कम्पनी वा व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि भुक्तानी लिनकै लागि असारमा आएर काम गर्ने गर्छन्। कतिपय अवस्थामा बजेट फ्रिज हुनुभन्दा बरु काम गरौँ न भन्ने प्रवृत्तिले पनि बढी बजेट खर्च असारमा हुने गरेको छ।’

सम्बन्धित सामग्री

बागमती प्रदेशको खर्च ५८ प्रतिशत मात्र

बितेको आर्थिक वर्ष २०७६-०७७ मा बागमती प्रदेशले कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ । कुल ४७ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले बितेको असार मसान्तसम्ममा २८ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च भएको जनाएको छ । जसमध्ये पुँजीगततर्फ १५ अर्ब ५९ करोड रुपैयाँ र चालुतर्फ १२ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५-०७६ मा करिब ६१ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारको बजेट खर्च गत आर्थिक वर्षमा अझै खस्किएर ५८ प्रतिशतमा खुम्चिएको हो ।

कारोबार दैनिक

कोषको पैसा तानेर लक्ष्य भेटियो

आर्थिक वर्ष ०७६-०७७ का लागि १५ अर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले १० खर्ब ९४ अर्ब अर्थात लक्ष्यको ७१.३९ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै, लक्ष्यको ७१.३८ प्रतिशत अर्थात ७ खर्ब ९३ अर्ब राजस्व असुली गरेको छ । गत आर्थिक वर्षको आयव्ययको दोस्रो पटकको संशोधित लक्ष्य करिब पूरा भए पनि सुरु अनुमानित लक्ष्य भने खर्च र राजस्वको हिसाब अन्यन्तै न्यून छ । संशोधित लक्ष्यको तुलनामा पनि पुँजीगत खर्च र वित्तीय व्यवस्थापन खर्च पूरा हुन सकेको छैन तर चालू खर्च संशोधित लक्ष्यको तुलनामा १० प्रतिशत बढी अर्थात् विनियोजन गरिएको बजेटको ८२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कारोबार दैनिक

कर्णाली प्रदेश : आधा महिनामा एक अर्बभन्दा बढी खर्च

सुर्खेत – विकास खर्चको नाममा असारको महिनामा मात्रै अर्बौं खर्च हुने गरेको छ । कर्णाली प्रदेश सरकारले पनि असारे विकासलाई पहिलेको जसरी निरन्तरता दिएको छ । प्रदेश सरकारले असारको आधा महिनामा मात्रै एक अर्ब बजेट खर्च गरेको छ । विगतमा जस्तै बजेट सक्नलाई आर्थिक वर्षको अन्त्यमा  धेरै बजेट खर्च गर्ने प्रवृत्ति यस वर्ष पनि क...

उज्यालो अनलाइन

गण्डकी प्रदेशको बजेट खर्च ३९ प्रतिशत

गण्डकी प्रदेशमा हालसम्म करिब ३९ प्रतिशत बजेट खर्च भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको करिब एक महिना अवधी बाँकी रहँदा अर्थात असार ५ गतेसम्ममा ३८.६० प्रतिशत बजेट खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

नागरिक दैनिक

प्रदेश सरकारको वित्तीय प्रगतिः ६ महिनामा १० प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा १० बजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट खर्च गर्ने क्षमता बढाएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ को ६ महिनामा दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार बजेट खर्च गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेस सरकारले १०.१८ प्रतिशत खर्च मात्र गर्न सफल भएको जनाए । प्रदेश सरकारले चालू आर्थिक वर्षमा २८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च

बैतडी – गएको आर्थिक वर्षको कुल बजेट मध्ये ४५ प्रतिशत बजेट असार महिनामा मात्रै खर्च भएको छ ।  अधिकांश विकासको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा ७ करोड ९३ लाख बजेट खर्च भएको छ । बैतडीमा कुल पुँजीगत बजेट २ अर्ब १५ करोड ७९ लाख मध्ये १ अर्ब ८४ करोड ६४ लाख मात्रै खर्च ...

प्रदेश ७ सरकारको ६० प्रतिशत वजेट खर्च हुन सकेन

असार २७, कैलाली । प्रदेश ७ सरकारले चालू आर्थिक वर्ष ०७४/७५ मा करिब ४० प्रतिशत बजेट मात्रै खर्च गरेको छ । असार २६ गतेसम्म ३९.९१ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ७ धनगढीले जानकारी दिएको छ । प्रदेश सरकारले वैशाख पहिलो साता एक अर्ब पाँच करोड रुपैयाँको तेस्रो चौमासिक …

अनलाइनखबर