विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महासचिव विप्लवले शनिवार विज्ञप्ति जारी गर्दै आफूहरू सरकारसँग...

सम्बन्धित सामग्री

पार्टीप्रति आकर्षण नदेखिएपछि नाम फेर्ने तयारीमा माओवादी केन्द्र

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको र अधिकांश नेताहरु सकारात्मक देखिएको एक नेताले बताए । स्थायी समितिमा सहमति भैसकेकाले चैत १ गते बस्ने केन्द्रीय समितिको बैठकमा औपचारिक रुपमै नाम परिवर्तनको प्रस्ताव लैजाने ती नेताले जानकारी दिए । ‘नेपाली कम्युनिस्ट पार्टी, एकीकृत नेपाल कम्युनिस्ट पार्टी वा अरु केही राख्नेबारे छलफल भइरहेको उनले बताए । अदालतले एमाले र माओवादी केन्द्रलाई विभाजनअघिकै अवस्थामा पुर्‍याएपछि पुरानो नाममा नयाँ मानिसहरुको आकर्षण नहुने ठानेर नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय समितिमा लैजान लागिएको हो । अन्य पार्टीबाट आउनेहरु माओवादी बन्न हिच्किचाउने भएकाले तिनलाई सहज प्रवेश गराउन नाम परिवर्तन गर्न लागिएको माओवादी स्रोत बताउँछ । एमाले, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलबाट समेत नेताहरुलाई आउन सहज हुनेगरी नाम परिवर्तन गर्नुपर्ने जोड केही नेताहरूको छ । नाम परिवर्तनपछि केपी ओलीलाई मन नपराउने एमालेभित्रको तप्का पनि आफूतिर आकर्षित हुने नेताहरुको बुझाई छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमाले ब्यँुताइदिएपछि मन नलाग्दा नलाग्दै पनि माधव नेपाल समूह एमालेमै फर्किनुमा पदको सुरक्षासँगै माओवादी केन्द्रको नाम पनि रहेको उनीहरु बताउँछन् । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र अनेकौँ टुटफुटको शृंखलापछि अहिलेको अवस्थामा आइपुगेको हो। २०५२ सालदेखि सशस्त्र जनयुद्ध गरेको सो पार्टी ०६२र०६३ को जनआन्दोलमार्फत शान्ति प्रक्रियामा आएको हो। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि एमाओवादी बन्यो। मातृका यादवले पार्टी छाडेर नेकपा माओवादी बनाए। २०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापा, विप्लव लगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे। वैद्यको पार्टीलाई पनि २०७१ मंसिरमा नेत्रविक्रम चन्दले फेरि विभाजन गराए।२०७२ साल असोज ३ गते संविधान जारी भएपछि १० गते डा. बाबुराम भट्टराईले एमाओवादी छोडेका थिए। २०७३ मा रामबहादुर थापा, मणि थापा, मातृका यादव पुनः फर्केर आएपछि नेकपा माओवादी केन्द्र बनाइएको हो । २०७४ असोजमा चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रले ...

सकियो सरकार–विप्लव दोस्रो चरणको वार्ता– ‘दुवै पक्ष समान धारणा नजिक’

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो । पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...

सरकार र विप्लवबीच वार्ता टोली गठन सकारात्मक छ – कांग्रेस

नेपाली कांग्रेसले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र सरकारबीच भएको वार्ता प्रयासलाई सकारात्मक भनी टिप्पणी गरेको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठनलाई सकारात्मक भनी टिप्पणी गरेका हुन् । उनले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रहसमेत गरेका छन् ।'नेपाली कांग्रेस सबै सम...