पोखरा नगर विकास समिति मातहत आएको जग्गामा पार्किङस्थल बनाइने

कास्की जिल्ला अदालतले पोखरा उपत्यका नगर विकास समितिको मातहत ल्याएको बहुमूल्य जग्गामा पार्किङस्थल बनाइने भएको छ । समितिको समेत जिम्मेवारी सम्हालेको पोखरा महानगरपालिकाले जग्गा संरक्षण गर्दै पार्किङस्थल निर्माणको काम थालेको छ ।जिल्ला अदालत कास्कीको असार १३ गतेको फैसलाबाट समितिलाई प्राप्त भएको पोखरा–९, न्युरोडको ५ रोपनी ४ आना जमिन संरक्षणको काम थालिएको समितिले जनाएको छ ।सो जमिनमा बनेका संरचनाबाहेकका क्षेत्र सम्याएर संरक्षणको काम थालिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं समितिका

सम्बन्धित सामग्री

अख्तियारमा अल्झियो पोखराको जग्गा भाडा प्रकरण

निवर्तमान नगर प्रमुख मानबहादुर जीसीले प्रक्रिया मिचेर सरकारी जग्गा भाडामा लगाएको सम्बन्धमा छानविनको माग गर्दै पोखरा उपत्यका नगर विकास समिति पठाइएको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै थन्किएको छ । समिति मातहतको ६३ रोपनी जग्गा किर्ते गरी १० देखि २५ वर्षलाई कौडीको भाउमा निजी कम्पनीलाई सुम्पिएको विषय अख्तियारको केन्द्रीय कार्यालयमा दुई महिनादेखि विचाराधीन छ ।

६३ रोपनी जग्गाको ठेक्काबारे छानबिन गर्न समिति गठन

पोखरा महानगरपालिकाका निवर्तमान मेयर एवं पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष मानबहादुर जिसीले कार्यकाल सकिनु दुई दिनअघि ठेक्कामा दिएको ६३ रोपनी जग्गाको छानबिन गर्न समिति बनेको छ ।

मेयरले जग्गा भाडामा दिएको खुलासा भएसँगै अख्तियारले माग्यो नगर विकाससँग कागजात

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै जग्गा भाडामा लगाएका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेकाे छ । पूर्वमेयर मानबहादुर जीसीले पदमुक्त हुनु दुई दिन अघि प्रक्रिया मिचेर ६३ रोपनी जग्गा भाडामा लगाएको खबर सार्वजनिक भएपछि अख्तियारको पोखरा कार्यालयले नगर विकासलाई पत्राचार गरेको हो । नगर विकास समिति […]

पोखराका निवर्तमान मेयरले सार्वजनिक जग्गा २५ वर्षसम्मलाई भाडामा दिएको खुलासा

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जीसीले प्रक्रिया मिचेर तीन ठाउँको ६३ रोपनी सार्वजनिक जग्गा निजी क्षेत्रलाई १० देखि २५ वर्षसम्मका लागि भाडामा दिएको खुलेको छ । आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी रहँदा उनले कानुनविपरीत पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गा भाडामा दिएका हुन् ।

पोखरा महानगर समाजवादीतिर ढल्कियो, आचार्य मतान्तर बढाउँदै

पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै गएका छन् ।