पोखराका निवर्तमान मेयरले सार्वजनिक जग्गा २५ वर्षसम्मलाई भाडामा दिएको खुलासा

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जीसीले प्रक्रिया मिचेर तीन ठाउँको ६३ रोपनी सार्वजनिक जग्गा निजी क्षेत्रलाई १० देखि २५ वर्षसम्मका लागि भाडामा दिएको खुलेको छ । आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी रहँदा उनले कानुनविपरीत पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गा भाडामा दिएका हुन् ।