नेपाल टी-२० लिगका लागि आइसिसीले दियो स्वीकृति

काठमाडौं । नेपाल टी-२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले स्वीकृत गरेको छ । अब यो लिगको फाइनल खेल १६ पुसमा हुनेछ । यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भएको हो ।

सम्बन्धित सामग्री

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी

काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ। आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। लिग समापनसँगै प्रथम संस्करणको उत्कृष्ट खेलाडीहरुको पनि घोषणा गरिएको छ। यी हुन् नेपाल टी-२० लिग उत्कृष्ट प्रदर्शन खेलाडीहरु प्लेयर अफ दि […]

नेपाल टी-२० लिगका बारेमा छानबिन गर्न राखेपले बनायो कार्यदल

२० पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी-२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ । राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन कार्यदलमा सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् […]

क्यानले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

१९ पुस, काठमाडौं । पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका  नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् । र काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । खेलाडीले टस गर्न […]

नेपाल टी-२० लिग आउन दुई दिन बाँकी, को-को खेलाडी खेल्दैछन् ?

६ पुस,  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी-२० आउन अब दुई दिन मात्र बाँकी छ । सहभागी ६ वटै फ्रेन्चाइजहरु अहिले लिगका लागि अन्तिम तयारीमा छन् । आफ्नै फ्रेन्चाइज लिग गर्न लागेको क्यान पनि अन्तिम चरणको तयारी गरिरहेको छ । केही टिमको विदेशी खेलाडीहरु […]

नेपाल टी-२० लिग : हुसेन तलत विराटनगर सुपर किंग्समा अनुबन्ध

१ पुस, काठमाडौं । विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगका लागि पाकिस्तानी खेलाडी हुसेन तलतलाई अनुबन्ध गरेको छ । विराटनगरले तलतलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । बायाँ हाते ब्याटर तलतले पाकिस्तानको राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले एक ओडीआई र र १८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले १८ टी-२० अन्तर्राष्ट्रियमा दुई […]

नेपाल टी-२० लिग : ड्राफ्ट मिति नजिकिँदै, टिम घोषणा हुनै बाँकी

१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लागेको पहिलो फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगका लागि खेलाडी अनुबन्ध (ड्राफ्ट) मिति नजिकिँदा सहभागी टिमले पूर्णता पाउन सकेको छैन । साउन २ गते प्रतियोगितामा सहभागी ६ मध्ये चार टिमको घोषणा गरेको क्यानले बाँकी टिमकै आग्रहमा नाम सार्वजनिक नगरेको बताएको थियो । दुई टिम एक […]

नेपाल टी २० लिग: थप दुई टोलीले सार्वजनिक गरे लोगो

काठमाडौं: नेपाल टी २० लिगका दुई फ्रेन्चाइजी विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्। आज काठमाडौंमा कार्यक्रम गर्दै यी दुई टोलीले लोगो सार्वजनिक गरेका हुन्। यसअघि अलस्टार क्लबले लोगो सार्वजनिक गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले यही महिना पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिगका लागि काठमाडौं,…

नेपाल टी-२० लिग खेल्ने ६ मध्ये चार टिमको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका ६ मध्ये चार टिमको मालिक र नाम घोषणा गरेको छ । सोमबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलन गर्दै क्यानले सहभागी हुने ६ मध्ये चार टिम र मालिकको टुंगो लगाएको हो । जसमा दुई टिम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक एक टिम रहेको […]

नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिखबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो। ६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा…

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न […]