२० पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी-२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ । राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन कार्यदलमा सदस्य प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई छन् […]