३ पटक दल बदलेकी बिमला वली मन्त्री बन्ने

बुटवल, २९ साउन । तीन पटक पार्टी परिवर्तन गरेर चर्चामा आएकी दाङकी निर्वाचित प्रदेश सभा सांसद विमला वली मन्त्री बन्ने भएकी छिन् । उनी लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री बन्ने बुझिएको छ । वलीले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निभाएकी थिइन् । वलीको निर्णायक मतले शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो । […]

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने…

लुम्बिनीकी राज्यमन्त्री बिमला वली डिस्चार्ज

२ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज भएकी हुन् । दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी […]

बिमला वली मन्त्रीमा रहने या नरहने टुंगो कार्यदलले लगाउने

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीमाथि छानविन गर्न कार्यदल गठन भएको छ । प्रदेश सरकारले नै उनीमाथि छानबिन गर्न समिति गठन गरेको हो । प्रदेशका आन्तरिक मामला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य […]

सांसद बिमला वली तस्बिरले समस्यामा, परिवारबाटै मुद्दा

बुटवल, ८ भदौ । दाङबाट उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद बिमला खत्री वली एकपछि अर्को समस्यामा परेकी छिन् । तीनपटक पार्टी फेरिसकेकी वलीलाई सांसदबाट पदमुक्त गर्न नेकपा एमालेले पत्र नै दर्ता गरेको छ । तर लुम्बिनीका सभामुखले उनको पद खारेज गर्न मानेनन् । यो विषय अदालतले निक्र्यौल गर्ने भएको छ । वलीको हालै एउटा […]

बिमला वली जर्बजस्ती हस्ताक्षर गराए भन्ने, एमाले नेता ढकाल आफूखुशी भन्ने

बुटवल, २१ साउन । सुर्य चिन्हबाट विजयी लुम्बिनी प्रदेशकी सांसद बिमला वली खत्रीले फेरि माओवादी केन्द्रमा रहेको विज्ञप्ति सार्वजनिक गरेकी छिन् । यसअघि उनले नेकपा एमालेमै रहेको भन्दै १८ साउनमा विज्ञप्तिमार्फत् जनाएकी थिइन् । यसअघि एमालेमा रहेको भन्ने विज्ञप्तिमा जर्बजस्ती हस्ताक्षर गर्न लगाएको पछिल्लो विज्ञप्तिमा उल्लेख छ । यसले लुम्बिनी प्रदेशमा सांसद तानातान देखि आफू […]

बिमला वली फेरि माओवादीमै !

लुम्बिनी प्रदेशको सत्ता संघर्ष रोचक मोडमा पुगेको छ । प्रदेशसभा सदस्य विमलाकुमारी खत्री निर्णायक बनेपछि अहिले एमाले र माओवादीबीच द्वन्द झन बढेको छ ।

फेरि माओवादी केन्द्रमै फर्किइन् सांसद बिमला वली

नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सांसद बिमला वली फेरि माओवादी केन्द्रमा फर्किएकी छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन बरालले बिमला वली माओवादी केन्द्रमा आएका लोकान्तरलाई पुष्टि गरे । २ दिनअघि एमाले प्रवेश गरेको भन्दै वलीको विज्ञप्ति आएको थियो । बरालले भने, ‘उहाँ एमालेमा जानुभएको थियो । उहाँलाई बन्धक बनाएर विज्ञप्ति निकालिएको थियो । उहाँ माओवादी केन्द्रमै हुनुहुन्छ । केही समयपछि पत्रकार सम्मेलन गर्दैछौं ।’ १ हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधवार बिहान...

सांसद पद गुम्ने भएपछि बिमला वली एमालेमा फर्किइन्

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले पार्टीको ह्वीप उल्लंघन गर्ने र परित्याग गर्ने सांसदहरुलाई पुर्नबहाली गर्ने यसअघिको अन्तरिम आदेश खारेज गरी पदमुक्तको फैसला गरेपछि नयाँ घटना विकास भएको छ । सुर्य चिन्हबाट निर्वाचित भएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली यसअघि एमाले परित्याग गरी माओवादी केन्द्र रोज्ने निर्णयबाट ब्याक भएकी छिन् । वलीले आज विज्ञप्तिमार्फत् आफू […]

लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली पार्टीको सम्पर्क बाहिर

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन्। उनी शुक्रबार बिहानदेखि पार्टीको  सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।वली केही दिन समयअघि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ। लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।जनता समाजवादी पार्टीबाट प