राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो : लिङ्देन

६ कात्तिक, काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै  सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् ।  स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल

राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिएका छन्।  राप्रपा अध्यक्ष लिङ्देन नवनिर्मित सात दलीय गठबन्धनको बैठकबाट बाहिरिएका हुन्। राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। राप्रपासँग

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]

झापा-३ – लिङ्देन र सिटौला दुवैलाई उस्तै चुनौती

काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् ।  त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रह...

सिटौला-लिङ्देन टक्करमा एमाले निर्णायक

तीन दशकदेखि तिक्ततापूर्ण सम्बन्ध भएका कृष्ण सिटौला र राजेन्द्र लिङ्देन संसदीय निर्वाचनमार्फत झापा–३ मा चौथो पटक आमनेसामने हुँदैछन् । र, दुवै एकअर्काविरुद्ध बदला लिने दाउमा छन् ।

ओली–लिङ्देन सम्बन्ध सुधारको प्रयास, चुनावी तालमेल होला ?

दुबै नेताको गृह जिल्ला झापा । विगतमा दुई पार्टी बीचको चुनावी तालमेलकै बलमा एकअर्का विजयी भएको । तर, राप्रपाको महाधिवेशनपछि खासै राम्रो सम्बन्ध नभएका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच सम्बन्ध सुधारको पहल सुरु भएको छ । राप्रपाको एकतामा महाधिवेशनबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी हुँदा एमाले अध्यक्ष ओलीले सकारात्मक टिप्पणी गरेनन् । ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएपछि दुई नेताबीच सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा विश्लेषण हुँ

झापाको हल्दिवारी गाउँपालिकामा राप्रपाका लिङ्देन दोस्रो कार्यकालका लागि निर्वाचित

झापा । हल्दिवारी गाउँपालिकाको अध्यक्षमा पुनः रबिन्द्र प्रसाद लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार रहनु भएका लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बन्नु भएका डम्वर गिरीलाई २ हजार १९० मतान्तरले पराजित […]

राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता खरेलबीच भेटवार्ता

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ । अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् । भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ । एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा […]

एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौड