काठमाडौं, असोज ८ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् । एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । […]