काठमाडौंमा थपिएको निषेधाज्ञा : एक पटकलाई चेतावनी, दोस्रो पटक कारबाही

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम […]

सम्बन्धित सामग्री

निषेधाज्ञामा मास्क नलगाउने साढे चार लाखलाई कारबाही

काठमाडौं। प्रहरी प्रशासनले निषेधाज्ञा यता मास्क नलगाई हिँडडुल गर्ने साढे चार लाख सर्वसाधारणलाई कारबाही गरेको छ। यसै गरी, प्रहरी प्रशासनले यस अवधिमा दुई लाख एक हजार वटा सवारी साधनलाई समेत कारबाही गरिएको प्रधानमन्त्री कार्यालयलाई जानकारी दिएको छ। यस्तै, विगत २४ घण्टामा ११४ सवारी साधन र मास्क नलगाई हिँड्ने ३६४ जनालाई कारबाही गरेको बताइएको छ।

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना

कोरोना महामारीका कारण जिल्लाभरीमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला

झापा प्रहरीको एक्सन : निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही

झापा : झापामा निषेधाज्ञा उल्लंघनलाई प्रहरीले जरिवानासहित कानुनी कारबाही थालेको छ।निषेधाज्ञा उल्लंघन नगर्न प्रहरीले पटक पटक सचेत गराउँदै आए पनि अटेर गर्न थालेकाले प्रहरी कार्यालय झापाको निर्देशनबमोजिम जिल्लाभरिका प्रहरी कार्यालयहरूले जरिवानासहित कानुनी कारबाही सुरु गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीले दुई दिनको अवधिमा कारबाहीस्वरूप बस र होटेल गरी ३० हजार जरिवाना तिराएको छ। अर्जुनधारा नगरपालिका ११ स्थित बुट्टाबारीमा सञ्चालित सुक्रात होटेल तथा लजका सञ्चालक मोहन कुमा

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं : निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो।सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका लागि गृहबाट पत्र प्राप्त भएको बताए। ‘गृहबाट कारबाहीका लागि आज पत

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसललाई कारबाही

चितवन । कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गरेकालाई कारबाही गरिएको हो । उनका अनुसार उनीहरुलाई रु एक हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले तोकेको […]

उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। जसअनुसार जेठ १४ गते रातीदेखि लागु हुने गरेर २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं जिल्ला प्रशासनले प्रकासन गरेको सूचनामा आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने उल्लेख छ।

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।  मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा   कैद सजाय दुवै हुन सक्न

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

महोत्तरीमा आजदेखि निषेधाज्ञा

जनकपुरधाम : नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि महोत्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो।गत आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बुधबार बिहान ६ बजेदेखि अगामी वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो। निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उल्लंघन गरे कारबाही हुने चेतावनी प्रशासनले दिएको छ।निषेधाज्ञा अवधिमा एम्