विवादका बीच नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशन सम्पन्न भएको छ । डेढ साताअघि जनकपुरधाममा उद्घाटनसत्र भएकोमा सर्लाहीको लालबन्दीमा शनिबारदेखि चलेको बन्दसत्रबाट अध्यक्ष र पदाधिकारीबिनै २७१ सदस्यीय प्रदेश कमिटी गठन गर्ने निर्णय भएको हो । जसअनुसार अब पुस २० मा घोषणा सभा कमिटीको सार्वजनिक गरिनेछ । उद्घाटनसत्रपछि नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदै आएको थियो । जसका कारण बन्दसत्र नै प्रभावित हुँदै आएकोमा बल्ल शनिबारदेखि सुरु भएको थियो ।आकांक्षीहरु धेरै भएका कारण माओवादी प्रदेश अधिवेशनक