युक्रेन–रुस युद्धका कारण विश्वव्यापी खाद्य संकट निम्तन सक्ने बाईडेनको भनाई

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाईडेनले रुस–युक्रेन युद्धले विश्वलाई नै असर पारेको बताउनुभएको छ । क्वाड शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाईडेनले युक्रेनमाथि रुसको नाकाबन्दीका कारण खाद्यान्न निर्यात ठप्प हुँदा विश्वव्यापी खाद्य संकट निम्तन सक्ने भन्दै यसको असर विश्वव्यापी बन्न सक्ने बताउनुभएको हो । बाइडेनले अन्तर्राष्ट्रिय व्यवस्था र सार्वभौमिकताको रक्षा गर्न इन्डो–प्यासिफिक क्षेत्रमा […]

सम्बन्धित सामग्री

खाद्य संकटबाट मुलुक बचाऔं

रूस र युक्रेनबीचको युद्ध सुरु भएयता विश्वमा बिस्तारै खाद्य संकट देखा पर्न थालेको छ । युद्धका कारण युक्रेनले आफ्नो खाद्यान्न उत्पादन विश्व बजारमा पठाउन नपाएपछि विश्व बजारमा खाद्यान्नको भाउ बढेको छ । विशेषत: गहुँ तथा सूर्यमुखी तेललगायतको संकटका कारण विश्व बजारमा खाद्यान्नको भाउ बढ्नु स्वाभाविक हो, जसका कारण विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकका लागि खाद्यान्न […]

विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप रुसद्वारा अस्वीकार

रुसले विश्वव्यापी खाद्य संकट उत्पन्न गरेको आरोप अस्वीकार गरेको छ। कूटनीतिक अभियानमा इजिप्टमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले कायरोस्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरेका हुन्।उनले पश्चिमा देशहरू अन्य देशमाथि हाबी हुन खोजेको आरोप लगाएका छन्। रुसले युक्रेनमा गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा खाद्यान्नको चरम अभाव भएको छ।युक्रेनमा उत्पादित अन्नको निर्यात गर्नेसम्बन्धी शुक्रवार भएको एक ऐत

रुससँगको सम्झौतापछि युक्रेनले भन्यो- ‘१० अर्ब डलर बराबरको खाद्यान्न बिक्रीमा छ’

किभ – युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग खाद्यान्नको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् । रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो । जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी […]

युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर  जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।  युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि उनले सो कुरा बताएका हुन् । रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न  निर्यात अवरुद्ध भइरहेका बेला  विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।जारी  रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो ।  टर

युक्रेनसँग १० अर्ब डलर बराबरको खाद्यान्न बिक्रीमा छ: जेलेन्स्की

एजेन्सी- युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अन्नको निर्यातमा ऐतिहासिक सम्झौता गरेकाे छ। रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको हाे। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन्। जारी रुस-युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट […]

‘विश्वभर खाद्य संकट जोखिम बढ्यो’

रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । युद्धले रुस र युक्रेनी अर्थतन्त्र तहसनहस हुनुका साथै ९४ देशका १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।

युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर

संयुक्त राष्ट्रले अबका केही महिनामा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने जिकिर गरेको छ ।संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युद्धले खाद्य संकटलाई थप बढाइदिएको छ । मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ ।उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म भोकमरीको सामना गर्नुपर्ने बताए ।

विश्वव्यापी रुपमा खाद्य संकट हुन सक्ने राष्ट्रसंघको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेसले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा खाद्य संकट आउन सक्ने चेतावनी दिनुभएको छ । रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी मंहगी बढेका बेला गुटेरेसले खाद्यान्न संकट पनि निम्तिन सक्ने चेतावनी दिनुभएको हो। त्यसको प्रत्यक्षमा मारमा गरीब देशहरु पर्ने र दशौं लाख मानिसले ठूलो भोकमरीको सामना […]

विश्वव्यापी खाद्य संकटको चेतावनी

संयुक्त राष्ट्रसंघले विश्वव्यापी खाद्य संकटको चेतावनी दिएको छ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आगामी महिनामा विश्वव्यापी खाद्यान्न अभाव हुने चेतावनी दिएका हुन्।विश्वव्यापी खाद्य सुरक्षामा संयुक्त राष्ट्र संघको बैठकमा उनले रुस–युक्रेन युद्धका कारण खाद्य संकट निम्तिने दाबी गरे। तर रुसले  बन्दरगाह खुला गरे खाद्य संकट टर्ने उनले बताए।गुटेरेसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको बन्दरगाह खोल्न अपिल  गरे।

रुस-युक्रेन युद्धका कारण अफ्रिकी देशहरूमा देखियो खाद्य संकट : संयुक्त राष्ट्रसंघ

बैशाख २०, (रासस/सिन्ह्वा) । रूस-युक्रेन द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न संकट देखा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी देशहरूमा संकट देखिएको बताएका हुन् । उनले भने 'युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।' उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक संकट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ । महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो संकट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तरराष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे । उनले यस्तो संकटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत् पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक संकट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।