एमालेका प्रत्यक्ष निर्वाचित सांसद को कता (सुचीसहित)

काठमाडौं, २३ वैशाख । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित सांसदहरुको अंकगणितले निकै महत्व राखेको छ । अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले समानुपातिकतर्फका सांसदलाई कारबाही गरेर बन्दसूचीमा पछाडि रहेकालाई राख्न सक्ने अवस्था रहेपनि प्रत्यक्ष निर्वाचितलाई कारबाही गर्न कठिन छ । कारबाही नै गरेमा उक्त सदस्य सिट खाली हुन्छ । त्यसले एमालेको सिट संख्या […]

सम्बन्धित सामग्री

रास्वपामा प्रत्यक्ष निर्वाचित सांसद किन ओझेलमा ?

पार्टीका उपसभापतिसमेत रहेका समानुपातिक सांसद अर्याल दोस्रोपल्ट मन्त्री हुँदा सुमना श्रेष्ठले सरकार र पार्टीको दोहोरो जिम्मेवारी पाएकी छिन्

रायमाझी निलम्बनमा परेपछि प्रत्यक्ष निर्वाचित सांसदविहीन बन्यो अर्घाखाँची

प्रत्यक्ष निर्वाचित सांसद नहुँदा जिल्ला बजेट पाउनेदेखि अन्य कुरामा हेपिएको जिल्लावासीले गुनासो गरेका छन्।...

मधेसमा जसपा र लोसपाको लडाइँ, फाइदा उठाउने कांग्रेस-एमालेको दाउ

मधेस प्रदेशमा प्रतिनिधिससभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन् । ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लाबाट ४ जनाका दरले ३२ जना प्रत्यक्ष निर्वाचित सांसद प्रतिनिधिसभामा पुग्छन् ।

माधव नेपालको आधार क्षेत्रमा प्रचण्डको रणनीतिक प्रहार

काठमाडौं, १७ वैशाख । नेकपा एमाले फुट्दा केपी शर्मा ओलीलाई सबैभन्दा क्षति काठमाडौं र ललितपुरमा पुगेको थियो । ललितपुरमा प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जन र प्रदेश सभा सांसदहरु नै नेकपा एसमा लागेका थिए । महर्जन ललितपुर क्षेत्र नं १ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । सोही क्षेत्रको प्रदेश सभा तर्फ माधव पौडेल प्रत्यक्ष निर्वाचित सांसद […]

नेकपा (माओवादी केन्द्र)मा उदयपुरका दुई केन्द्रीय सदस्य

सर्वसम्मत केन्द्रीय सदस्य छानिएका उनीहरुमध्ये हिमाल प्रदेश १ का निवर्तमान अध्यक्ष तथा हालका प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी ०७४ को संघीय चुनावमा उदयपुर निर्वाचन क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।...

संसदमा ४ पटक प्रत्यक्ष निर्वाचित विरोध खतिवडा पहिलो पटक मन्त्री बन्दै

मकवानपुरबाट ४ पटक प्रत्यक्ष निर्वाचित नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रतिनिधि सभा सदस्य विरोध खतिवडा पहिलोपटक मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री बन्न लागेको स्रोतले बतायो । नेकपा एसले खतिवडाको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेको छ । प्रतिनिधि सभा निर्वाचन २०४८, २०५१ र २०५६ मा खतिवडा लगातार विजयी भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।  चारपटक एमालेबाट सांसद निर्वाचित भएका खतिवडा २०७८ ...

मोरङका १० मध्ये तीन प्रदेश सांसदले रोजे एकीकृत समाजवादी

प्रदेशसभामा एमालेका प्रत्यक्ष र समानुपातिक १० सांसद थिए । त्यसमध्ये मोरङ क्षेत्र नं. १ (ख) प्रत्यक्ष निर्वाचित सांसद उपेन्द्र घिमिरे, समानुपातिक सांसद कृष्णकुमारी राई र साबित्रा रेग्मीले सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

को हुन् सरकारका प्रवक्ता एवं कानुनमन्त्री कार्की?

कांग्रेस केन्द्रीय सदस्य रहेका कार्की सुनसरी–४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २०६३ सालमा जलस्रोत मन्त्री बनेका कार्की २०७४ सालमा अर्थमन्त्री बनेका थिए।

एमालेले स्पष्टीकरण मागेकामा तीनजना प्रत्यक्ष, आठजना समानुपातिक सांसद

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।