प्रदेश २ का सांसदलार्इ प्रधानमन्त्रीकाे अाश्वासनः डुबान र कटानको समस्या छिट्टै समाधान हुन्छ

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

 

प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिए । शनिबार दिउँसो बालुवाटारमा प्रदेश २ का नेकपा सांसदहरुसँग सामूहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका हुन् । 

 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको सांसद प्रभु साहले जानकारी दिए । नेकपा सांसदहरुले प्रधानमन्त्री ओलीलाई प्रदेश २ को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका थिए ।

 


 शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिताकुमारी गिरिले पनि जानकारी दिइन् ।प्रधानमन्त्री ओलीले नागरिकको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरूको भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

 

यस अघि उनले प्रदेश नम्बर १ का सांसदहरुसँग भेटगरी त्यहाँको समस्याबारे जानकारी लिएका थिए ।

सम्बन्धित सामग्री

‘प्रचण्ड’ को औकात उपाध्यक्षको हो, मलाई कारवाही गर्ने हैसियत छैनः ओली

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ...

नेपाल आज

नेकपा विवाद समाधान 'कार्यदल'सँग छलफलमा जुटे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको समस्या समाधानका लागि कार्यदलसँग छलफल सुरु गरेका छन्। तत्कालीन कार्यदलको सदस्यलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले छलफल सुरु गरेका हुन्। यसअघिको विवादमा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचक…

थाहा खबर

संकट समाधान गर्न प्रधानमन्त्रीको सक्रियता

काठमाडौं । सत्तारूढ दल नेकपामा कलह र संकट चुलिँदै जान थालेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संकट समाधानका लागि पहल थालेका छन् । जारी स्थायी समितिमा बोल्ने सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि अप्ठ्यारोमा परेका ओलीले आन्तरिक छलफललाई तीव्र पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ओलीले स्थायी कमिटी सदस्य रहेका मन्त्री र आफू निकटका …

राजधानी दैनिक

प्रधानमन्त्रीले ओलीले भने : सरकारको कामबाट सन्तोष गर्ने ठाउँ छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताएका छन्। आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन्।  सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी ह...

थाहा खबर

सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका छन्। उद्योग वाणिज्य महासंघको प्रतिनिधि टोलीसंगको भेटमा प्रधानमन्त्रीले औद्योगिक क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सनिबार भएको भे...

थाहा खबर

प्राकृतिक विपत्ति समाधान गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मानव सूचकांकमा समेत पछि परेको प्रदेश नम्बर २ को विकास निर्माणको कामलाई गति दिने आश्वासन दिनुभयो । शनिबार द...

उज्यालो अनलाइन

श्वेतपत्रमार्फत सबै प्रदेशका समस्या समाधान गरिन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले श्वेतपत्र जारी गर्ने बताएका छन् ।   सातवटै प्रदेश सरकारका मुख्य मन्त्रीसँग विद्यमान...

Nepal Aaja