सार्वजनिक यातायात सञ्चालन गर्न माग

सुन्दर यातायातले सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग माग गरेको छ।

सम्बन्धित सामग्री

मन्त्रीहरूसँग आक्रोश : आश देखाएर निराश नबनाऊ

काठमाडौँ : सिसडोलका स्थानीय बासिन्दाले सरकारलाई आश्वासन नदेखाउन आग्रह गरेका छन्। आइतवार सिसडोलको निरीक्षण गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग यस्तो आग्रह गरेका हुन्।उनीहरूले मुड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरे। शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यो सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको छ।त्यस क्षेत्रका स्थ

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस

सबै सार्वजनिक यातायात सञ्चालन अनुमति दिन यातायात व्यवसायीहरूको माग

यातायात व्यवसायीहरूले देशैभरीका सबै सार्वजनिक सवारी साधनहरू सञ्चालनको अनुमति दिन सरकारसँग माग गरेको छ । यातायात व्यवसायीहरूको विभिन्न ४ संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सिमित सवारी साधनहरू मात्रै खुलाउने सरकारको निर्णय आफूहरूसँगको भएको छलफलको निष्कर्श विपरित भएको बताएका छन् । सोमवार जारी संयुक्त विज्ञप्तिम...

‘असार १८ बाट देशभरका सार्वजनिक सवारी साधन सञ्चालन गरिने’

काठमाडौं, १४ असार । यातायात व्यवासायी र मजदूरसम्वद्ध संघसंगठनले असार १८ बाट देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई यातायात सञ्चालन गरिने जानकारी गराएका हुन् । देशभरका सार्वजनिक यातायात सञ्चालनको अनुमती र भाडा समायोजनको माग प्रस्तुत गर्दै पूरा नभए १८ असारबाटै देशभरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत् भनेका […]

सार्वजनिक यातायात सञ्चालनमा सहजीकरणको माग

यातायात व्यवासायीले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेका छन् । लामो समय निषेधाज्ञा हुँदा सार्वजनिक यातायात क्षेत्र अति प्रभावित भएकाले स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरिएको हो । सुन्दर यातायातले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने सुझाव पेस गरेको छ । सो अवसरमा सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लामो दूरीका यातायात सञ्चालन गर्ने तयारी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् ।

सार्वजनिक यातायात चलाउन दिनुपर्ने महासङ्घको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।

गण्डकी नामको विरोधमा पोखरा बन्द

पोखरा । प्रदेशको नाम जातीय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणलाई अप्ठेरो परेको छ। बन्दका कारण सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् ...