पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ ।

७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए ।

बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमालेले भोलि नै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । माओवादी केन्द पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।

सम्बन्धित सामग्री

भोलि एमाले–माओवादी एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भोलि जेठ ३ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । आज बुधबार दुबै दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता ...

नेपाल आज

भोलि नै एमाले-माओवादी पार्टी एकता घोषणा !

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो ।

अनलाइनखबर

ओली र प्रचण्डबीच कुरा ‘लगभग’ मिल्यो, यस्तो छ सहमति

२० वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको छ । पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय हुने एक नेताले बताए ।

अनलाइनखबर

एमाले–माओवादी एकता निर्णायक वार्ता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा सहमति जुटे वैशाख ९ गते…

सेतोपाटी

वैशाख ९ मै एमाले–माओवादी एकता हुनेमा आंशका : माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ। सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए। चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष…

सेतोपाटी

चैतभित्रै एमाले–माओवादी एकता घोषणाको तयारी

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले चैतभित्रै पार्टी एकता गर्ने गरी तयारी थालेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको हो।  यसअघि नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर अप्रिल २२ (बैशाख ९) मा पार्टी एकताको औपचारिक घोष...

थाहा खबर

बालुवाटारमा एमाले-माओवादी बैठक जारी

नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरू सहभागी छन्। पार्टी एकताका विषयमा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्नेछ। आजै दुई पार्टीको एकता सहमति पत्रमा हस्ताक्षर हुने नेताहरूले बताएका छन्।

Setopati

एकता सहमतिमा आजै हस्ताक्षर गर्ने एमाले–माओवादी तयारी

नेकपा एमाले र माओवादी केन्द्रले आज साँझ दुई पार्टीको एकतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। शनिबार र आइतबार दुई एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएपछि आज साँझ हस्ताक्षर गर्ने तयारी गरिएको हो। दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठ साँझ ७ बजे प्रधानमन्त्री…

Setopati

एमाले माओवादीको पार्टी एकता घोषणा आजै हुने सम्भावना

काठमाडौं, फागुन २ – बुधबार पार्टी एकतालाई अन्तिम रुप दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।  ल...

UjyaaloOnline