वैशाख ९ मै एमाले–माओवादी एकता हुनेमा आंशका : माओवादी नेता


नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ।

सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए।

चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’बीच छलफल नभएको र माओवादीले एकता अनुमोदन गर्न पार्टीका कुनै बैठक नडाकेकाले वैशाख ९ गते नै एकता हुनेमा आशंका उब्जिएको ती नेताले बताए।

चैत २८ गते दुई नेताको भेट तय भए पनि प्रचण्डले बिरामी भएपछि भेट हुन सकेन।

अर्को दिन उनी चितवन गए। शुक्रबार प्रधानमन्त्री ओली रारा हिँडे।

आइतबार प्रधानमन्त्री राजधानी फर्किए तर प्रचण्ड तनाव कम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे रिर्सोट पुगे।

पार्टी एकताका विषयमा ओली र प्रचण्डबीच अहिले बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भइरहेको छ।

‘दुई नेताले ९ गते जसरी पनि गर्नुपर्छ भन्नुभयो भने असम्भव त होइन, तर दुबैले आफ्ना पार्टीबाट पनि अनुमोदन गर्नुपर्ला, घोषणा सभाको तयारी पनि गर्नुपर्छ होला। त्यही भएर ९ गते एकता हुने कुरा टरेजस्तो देख्छु,’ ती माओवादी नेताले भने।

पार्टी एकतालाई सुरूदेखि नै ओली र प्रचण्डले डोर्‍याउँदै  ल्याएकाले घोषणा हुन एक सातामात्रै बाँकी रहँदा दुई नेताबीच बाक्लै छलफल हुनु पर्नेमा त्यस्तो हुन नसकेको उनले बताए।

‘एमालेले स्थायी समिति र केन्द्रीय समिति डाकेको छ तर हाम्रोमा त्यस्तो कुनै बैठक पनि डाकिएको छैन,’ ती नेताले भने।

एमाले र माओवादी एकतामा दुईटा कुरामा फरक धारणा रहेका छन्।

माओवादीले नयाँ पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा समानताका आधारमा दुबै पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएको छ।

यो कुरा एमालेले मानेको छैन।

दुबै दलका नेता सम्मिलित कार्यदलले नयाँ पार्टीको केन्द्रीय समिति ३०० सदस्यीय हुने लगभग टुंगो लगाएको छ। एमालेका अहिले २०९ जना केन्द्रीय समिति सदस्य छन्। त्यसमा बाँकी ९० जना माओवादीबाट थपेर केन्द्रीय समिति बनाउने एमाले नेताहरूको प्रस्ताव छ।

प्रदेश  र प्रतिनिधि सभामा ६० र ४० प्रतिशतको हाराहारीमा उम्मेदवार बनाएका र राष्ट्रिय सभामा ७० र ३० प्रतिशत उम्मेदवारी दिएकाले केन्द्रीय समितिमा समानताको सिद्धान्त लागु गर्न नसकिने एमालेको अडान छ।

यसमा माओवादी सहमत छैन। यसरी एकता गर्दा पार्टी समर्पण गरेको जस्तो देखिने र त्यसले भविष्यमा पनि पार्टी मजबुद नहुने भएकाले दुबैको आत्मसम्मान हुने गरी एकता गरौं भन्ने माओवादी तर्क छ।

कार्यदल तहमा टुंगिन नसकेपछि यो विषय शीर्ष तहमा पठाउने निर्णय भएको थियो।

एमालेका एक नेताले एमालेको संगठन माओवादीभन्दा ठूलो रहेको कुरा चुनावी परिणाममा पनि देखिएकाले एकता समानताका आधारमा नहुने बताए।

उनले सूर्य चुनाव चिन्ह नराख्ने भन्ने पनि सम्भव नहुने बताए। माओवादी चुनाव चिन्ह सूर्य राख्ने कुरामा सहमत छैन।

तर प्रचण्डको व्यक्तिगत कारणले पनि एकता प्रक्रिया ढिला भएको ती नेताको बुझाइ छ।

‘एकताको आधार र चुनाव चिन्हभन्दा पनि मुख्य कुरा प्रचण्डजी नयाँ पार्टीको नेतृत्वमा पुग्छु भन्ने कुरामा पछिल्लो समय आश्वस्त हुन नसकेको देखिन्छ,’ उनले भने, ‘यही कारणले नै अहिले ढिलो भइराखेको भन्ने लाग्छ।’

सम्बन्धित सामग्री

पार्टी एकता घोषणा गर्न एमाले र माओवादी सहमत

२ जेठ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । सम्भवत जेठ ६ गते एकता घोषणा हुनेछ । ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि नै एकता हुने एमाले उपमहासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । बुधबार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी …

अनलाइनखबर

अब झ्याप्पै एमाले–माओवादी एकता हुन्छः नेम्वाङ

१७ वैशाख, इलाम । पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् । एमाले–माओवादी एकताबारे अनेक आशंका व्यक्त भइरहेका बेला उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरे । ‘एमाले–माओवादी एकता …

अनलाइनखबर

५०/५० को आधारमा एकता हुँदैन: एमाले नेता पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले एमाले–माओवादीबीचको एकता वैशाख ९ गतेलाई टरेपनि सकेसम्म यही वैशाखभित्रै नभए जेठ १ गते (मे दिवस) को दिन एकता घोषणा हुने दाबी गरे । उनले ...

नेपाल आज

पटक–पटक बोलाइएका बैठक स्थगित हुँदा एमाले-माओवादी एकतामा झनै अन्योल

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि बोलाइएका पछिल्ला बैठकहरु बस्दै नबसी स्थगित हुँदा पार्टी एकता झन् अन्योल बन्दै गएको छ।   गत चैत २२ गते अन्तिमपटक बसेको एकता संयोजन समितिको बैठक त्यसयता बस्न सकेको छैन। गत बुधबार बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ...

थाहा खबर

एमाले-माओवादी एकता वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडाैं । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ ।   कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि ...

नेपाल आज

एमाले-माअोवादी एकता : ‘सम्मानजनक' शब्दले निम्त्याएको जटिलता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा समान हैसियत खोजेपछि एमाले–माओवादी एकता जटिल बन्दै गएको छ। यही कारण प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणअघि पार्टी एकता लगभग टरेको स्रोतको दाबी छ। तर पार्टी एकता भने कुनै हालतमा नरोकिने माओवादी स्रोतले बत...

थाहा खबर

चैतभित्रै एमाले–माओवादी एकता घोषणाको तयारी

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले चैतभित्रै पार्टी एकता गर्ने गरी तयारी थालेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको हो।  यसअघि नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर अप्रिल २२ (बैशाख ९) मा पार्टी एकताको औपचारिक घोष...

थाहा खबर