प्रताप बानियाँ, म्याग्दी । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि हिमाली जिल्ला म्याग्दीमा थप १० दिन निषेधाज्ञा थपिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आउँदो जेठ १० गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । यसअघि बेनी […]