उपत्यकामा थप एकसाता लम्बियो निषेधाज्ञा

काठमाडौं। उपत्यकामा थप एक साता निषेधाज्ञा थप भएको छ। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले असार १४ गते रातिसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका सीडीयो ढुण्डीप्रसाद निरौलाले बताए। “अहिलेको भन्दा केही फरक गरिएको छ। यो अवधिमा अहिलेको भन्दा थप केही पसल भने खुल्नेछन्। तर निषेधाज्ञा भने जारी रहनेछ”, उनले भने।

सम्बन्धित सामग्री

उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि साविकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदैछ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘यसलाई मध्यनजर गर्दै ...

उपत्यकामा साउन २७ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले साउन २७ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो। यसअघि लम्ब्याइएको निषेधाज्ञा २१ गतेसम्म मात्र लागू गरिएको थियो। उक्त मितिबाट थप एक साता निषेधाज्ञा लम्बिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले बताएको छ। यस अवधिमा सभा, सम्मेलन, लगायतका काम गर्न नपाइने प्रशासनले गरेको छ।

उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अब पुस्तक पसल पनि खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आज बसेको संयुक्त बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको हो । आजको बैठकका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन, होम डेलिभरीका सेवा समेत सञ्चालनमा […]

काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका ...

काठमाडौं उपत्यकामा थप १५ दिन लम्बियो निषेधाज्ञा

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बियो

सुनील महर्जन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि वैशाख २९ गतेसम्म थप गरिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि उपत्यकाका लगाइएको निषेधाज्ञा समाप्त हुनुअघि यस्तो निर्णय गरिएको हो । कोरोना संक्रमण बढ्न थालेपछि गत वैशाख १६ विहीबार एक साताका लागि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो […]