काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।  शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । यसअघिनै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो  ।

सम्बन्धित सामग्री

महालक्ष्मी नगरपालिकाका तीन स्थानमा ट्राफिक लाइट जडान (फोटो/भिडियो)

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्थानमा ट्राफिक लाइट जडान गरेको छ । बिहीबारबाट यातायात र पैदल यात्रुलाई सहज आवतजावत र दुर्घटना कम गर्न ट्राफिक लाइट जडान गरिएको महालक्ष्मी नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिए । महालक्ष्मीले ग्वार्को लामाटार सडकख...

महालक्ष्मी नगरपालिकाका तीन स्थानमा ट्राफिक लाइट जडान (फोटो/भिडियो)

काठमाडौँ- ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नगरभित्रका तीन वटा स्थानमा ट्राफिक लाइट जडान गरेको छ । बिहीबारबाट यातायात र पैदल यात्रुलाई सहज आवतजावत र दुर्घटना कम गर्न ट्राफिक लाइट जडान गरिएको महालक्ष्मी नगरपालिकाका इन्जिनियर मनिष सुवेदीले जानकारी दिए । महालक्ष्मीले ग्वार्को लामाटार सडकख...

नेपालगन्जका पाँचस्थानमा ‘ट्राफिक लाइट’ जडान

खजुरा (बाँके), २६ माघ । नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ट्राफिक लाइट जडानका लागि निर्माण कम्पनीले आवश्यक सबै काम सम्पन्न गरेर पोलमा बत्ती जडान गर्ने काम सम्पन्न गरिसकेको जानकारी दिए । […]

विराटनगरका दश स्थानमा  ट्राफिक लाइट राखिँदै

विराटनगर। सवारी चाप बढेपछि पैदल यात्रुको सुविधाका लागि विराटनगर महानगरपालिकाले महानगरभित्रका दश स्थानमा ट्राफिक लाइट जडानको तयारी गरेको छ । सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ । बढी भीड हुने मुख्य बजार क्षेत्रका तीनपैनी, अस्पताल चोक, जलजला चोक, घोघापुल चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्ने प्रारम्भिक योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । यसैगरी कोशी लोकमार्ग अन्तर्गत विराटनगर खण्डमा पर्ने कञ्चनबारी, बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक र रोडशेष चोकमा पनि ट्राफिक लाइट राख्न जरुरी रहेकाले सडक विभागसँग प्रस्ताव गर्ने तयारी भइरहेको महानगरले बताएको छ । सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ । ट्राफिक लाइट जडानपछि ट्राफिक नियम पालना बढ्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्ति हट्ने न्यौपानेले बताए । विराटनगरका कुनै पनि चोकमा ट्राफिक लाइट नभएकाले नमूनाको रूपमा कार्यान्वयन गर्दै अगाडि बढ्ने तयारी भइरहेको उनले बताएका छन् । विराटनगर महानगरले एक वर्षअघि नै केही चोकमा ट्राफिक लाइट जडान गर्ने योजना अगाडि बढाएको थियो । यद्यपि ठेकेदार कम्पनीले विशेष कारणले काम गर्न नसक्दा ढिलाइ भएको मेयर नागेश कोइरालाले बताए । ४५ दिनभित्र पहिलो चरणमा जलजला चोकमा ट्राफिक लाइट जडान गरिसक्ने र क्रमश: अन्य चोकमा पनि यो व्यवस्था लागू गर्दै जाने जानकारी उनले दिए । कोशी लोकमार्ग खण्ड महानगर मातहतमा नरहेकाले सडक विभागसँग समन्वय गरेर मात्र निर्णय लिइने उनको भनाइ छ । महानगरले विभागसँग प्रस्ताव गरेको भए पनि कुनै जवाफ नआएकाले अहिले त्यहाँ लाइट जडान नहुने उनले बताए ।

उपत्यकाको ५५ स्थानमा स्मार्ट ट्राफिक लाइट जडान हुने

काठमाडौं । सडक विभागले काठमाडौं उपत्यकाको विभिन्न ५५ स्थानमा ट्राफिक लाइट जडान गर्ने प्रक्रिया सुरु गरेको छ । विभागले अहिले संचालनमा रहेका पुराना लाइटलाई विस्थापन र नयाँ जडान सहित उपत्यकाको करिब ५५ स्थानमा स्मार्ट लाइट राख्न लागेको हो । अहिले संचालनमा रहेका स्थानमा निकै पुरानो टेक्नोलोजीमा आधारित ट्राफिक लाइट भएको कारण एकै स्थानबाट कन्ट्रोल गर्न […]

सडक विभागले बनाएका ट्राफिक लाइट बल्दैनन्

काठमाडौं : उपत्यकामा सवारी चाप व्यवस्थापन र पैदल यात्रुको सहजताका लागि ट्राफिक लाइटको व्यवस्था छ। हालसम्म उपत्यकाका ४६ स्थानका ट्राफिक लाइट जडान गरिए पनि ४० स्थानमा मात्र चालु अवस्थामा रहेका छन्।चालु अवस्थामा रहेका लाइट पनि वेला वेला बिग्रिरहन्छन्। यसलाई सडक विभागले महत्त्व दिएको पाइँदैन। उपत्यकामा निजी तथा वित्तीय संस्थाले सहयोग गरेका ट्राफिक लाइट भने चुस्त अवस्थामा छन्।ती शतप्रतिशत सञ्चालनमा छन् तर सडक विभागले बनाएका लाइट भने सञ्चालनमा छैनन्। विभागले बनाएका लाइट नै सञ्चालन

६ स्थानमा ट्राफिक लाइट

बेलहिया सडक खण्डमा सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा ट्राफिक लाइट जडान गरेका छन् । तिलोत्तमाको मणिग्राम, ड्राइभरटोल, भलवारी र कोटिहवामा लाइट सञ्चालनमा छ ।

उपत्यकाको १३ स्थानमा ट्राफिक लाइट जडान गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न १३ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा उपत्यकाका १३ वटा स्थानमा ट्राफिक लाइट जडान गर्न लागेको हो । उपत्यकाको गंगालाल , लाजिम्पाट, त्रिचन्द्र कलेज अगाडी ,टेकु, बबरमहल, सिभिल हस्पिटल आगाडि,तिनकुने , जडिबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग, केशरमहल लगायतको स्थानमा ट्राफिक लाइन जडान […]

सिद्धार्थनगरको बुद्ध र देवकोटा चोकमा ट्राफिक लाइट जडान गरिने

सिद्धार्थनगर नगरपालिका (भैरहवा)को दुई मुख्य चोकमा ट्राफिक लाइट राखिने भएको छ । ट्राफिक लाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् । बिहीबार सिद्धार्थनगर नगरपालिकाको नवौं नगरसभामा नगर उपप्रमुख काफ्लेले बजेट प्रस्तुत गर्दै सवारी चापलाई मध्यनजर गर्दै नगरको मुख्य चोक बुद्धचोक र देवकोटा चोक गरी दुई स्थानमा ट्राफिक […]

आगामी वर्ष ३५ स्थानमा स्मार्ट ट्राफिक लाइट राखिने

काठमाडौंका १२ ठाउँमा २० वर्ष पुराना ट्राफिक लाइट मर्मत गरेर सञ्चालन काठमाडौंका १२ स्थानमा ट्राफिक लाइट बल्न