वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

वैशाख ९ गते पार्टी एकता हुन्छ : वामदेव गौतम

नयाँ पत्रिका काठमाडौँ | ०१ घन्टा अगाडि

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिए । एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको बताए ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पु¥याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने,‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।

सरकार विस्तार, राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मतलगायत राष्ट्रिय महत्वका काम गर्नुपर्ने भएकाले एकता प्रक्रियाका काममा केही समय लागेको जस्तो भए पनि दुई कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने उनले विश्वास व्यक्त गरे ।

एमाले र माओवादी केन्द्रबीचको एकता राष्ट्रिय आवश्यकताले अगाडि बढेको प्रस्टोक्ति दिदै उपाध्यक्ष गौतमले भने,‘विगतमा आफूलाई पार्टी फुटाएको आरोप लाग्ने गरेको र त्यसलाई परिपूर्ति गर्न पनि आफूले पार्टी एकताको प्रयास गरेको सफलता हासिल गरेँ ।’

उनले आफूले बर्दियामा निर्वाचन हार्नुपर्ने कुनै कारण नभएपनि निर्वाचनमा पराजित भएको उल्लेख गर्नुभयो । उपाध्यक्ष गौतमले भने,‘पार्टी एकताको पहल गर्ने र दिनरात नभनी खटिने मैले निर्वाचनमा पराजित हुनुपर्ने कुनै कारण थिएन । तर प्राविधिक रुपमा मैले हारे । देशले जितेको छ ।’

उपाध्यक्ष गौतमले विचारसहितको एकीकृत कम्युनिस्ट पार्टी बनाएर भावी पुस्तालाई आफूहरुले जिम्मा दिन लागेको बताए । ‘हामीले विचार, कार्यक्रमसहितको शक्तिशाली कम्युनिस्ट पार्टी भावी पुस्तालाई दिन लागेका छौँ । अब भावी पुस्ताले हामीलाई प्रश्न उठाउने ठाउँ समेत बाँकी रहने छैन’–उपाध्यक्ष गौतमले भने ।

वर्तमान सरकारले जनपक्षीय काम गर्ने विश्वास व्यक्त गर्दै एकाध वर्षमा मुलुकले ठूलो फड्को हान्ने स्पष्ट पारे । कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस

सम्बन्धित सामग्री

पार्टी एकता भोलि हुन्छ : एमाले उपाध्यक्ष वामदेव गौतम

काठमाडौं : मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ। बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतास...

थाहा खबर

वैशाख ९ मै एमाले–माओवादी एकता हुनेमा आंशका : माओवादी नेता

नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ। सेतोपाटीसँग कुरा गर्दै माओवादीका एक नेताले पछिल्ला दिनमा एकता प्रक्रियाले आशातीत गति नलिएकाले वैशाख ९ गते एकता हुने सम्भावना लगभग टरेको बताए। चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष…

सेतोपाटी

एमाले-माओवादी एकता वैशाख ९ मै घोषणा हुनेमा संशय

काठमाडाैं । एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ ।   कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि ...

नेपाल आज

एमाले–माओवादी एकता घोषणा ९ वैशाखमा - Naya Patrika

मिल्न बाँकी दुई विषय पनि टुंगो लगाएर ओली भ्रमणमा जाने प्रधानमन्त्री केपी ओली पार्टी एकताका सबै विषय टुंगो लगाएर भारत भ्रमणमा जाने भएका छन् । एमाले–माओवादी एकता घोषणा भने ९...पूरा पढ्नुहोस् »

नयाँ पत्रिका

एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश

Annapurna Post