बैंकको एकै शाखाबाट कसले लग्यो एक खर्ब १३ अर्ब ६० करोड ?

काठमाडौँ: भारत सरकारको स्‍वामित्वमा रहेको पञ्जाब नेशनल बैंकको एउटा शाखामा खर्बौँको घोटाला भएको छ । पञ्जाब नेशनल बैंकको मुम्बईस्थित ब्रिच क्यान्डी शाखाबाट एक खर्ब १३ करोड अर्ब ६० करोड रुपैयाँ बराबरको हिनामिना भएको हो ।

पञ्जाब नेशनल बैंकले बुधवार एक विज्ञप्ती निकाल्दै मुम्बईस्थित ब्रीच क्र्यान्डी शाखामा एक खर्ब १३ अर्ब ६० करोड रुपैयाँ घोटाला भएको जानकारी दिएको छ ।

यो घोटाला सार्वजनिक भएपछि यो बैंकको सेयरमा पनि ६.७ प्रतिशतको गिरावट आएको छ । बैंकले भनेको छ, 'यस घोटाला भएको लेनदेन सीमित व्यक्तिको फाइदाका लागि गरिएको छ । यस घोटालामा बैंकमा खाता खोलेका केही ग्राहक र कर्मचारीको मिलेमतो देखिएको छ । यो लेनदेनका आधारमा अन्य बैंकले पनि यी केही खातावालालाई विदेशमा पैसा दिएको पाइएको छ ।'

भारतको सबैभन्दा ठुला बैंकमध्ये एक पञ्जाब नेशनल बैंकले यस घोटालामा मुछिएका व्यक्तिहरुको नाम भने खुलाएको छैन ।

तर बैंकले यस घोटालाबारे छानबिनका लागि कानुनी संस्थाहरुलाई सूचना दिएको जनाएको छ । तर, यो प्रकरणमा बैंक कति दोषी छ भन्ने कुरा भने अनुसन्धानले नै पुष्टि गर्नेछ ।

'बैंकहरुमा यस्तो लेनदेन आपातकालिन अवस्थामा मात्रै हुन्छ । तर बैंकमा बिरलै गरिने यस्तो खालको लेनदेनको वास्तविकता बैंकले उपलब्ध गराउने कागजातका आधारमा खुल्ने बिबिसीले जनाएको छ ।

समाचार एजेंसी पीटीआईका अनुसार केन्द्रीय जाँच ब्यूरो (सिबिआई) का अधिकारी अनुसार यसअघि नीरभ मोदी, उनका भाइ, पत्नी र यो कारोबारका साझेदारले पञ्जाब नेशनल बैंकलाई २८० करोड भारु भन्दा धेरैको झट्का दिएका थिए ।

बैंकका अनुसार नीरभ, उनका भाइ निशाल, पत्नी अमी र मेहुल चीनुभाइ चोकसीले बैंकका अधिकारीहरुसँग षडयन्त्र गरेर ठुलो नोक्सान पुर्‍याएका थिए । यी सबैजना डायमण्ड आर युएस, सोलर एक्सपोर्ट र स्टेलर डायमण्ड्सका साझेदार हुन् ।

थप सामग्री

मंगलवार, फागुन १, २०७४ ट्रम्प-पुटिन फोनवार्ता: घट्ला त मध्यूर्व र उत्तर कोरियाको तनाव ?

मंगलवार, फागुन १, २०७४ उत्तर कोरियासँग निःशर्त वार्ता गर्न अमेरिका तयार

सोमवार, माघ २९, २०७४ वरिष्ठ मानव अधिकारकर्मी जाहाँगिरको निधन

सोमवार, माघ २९, २०७४ दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

आइतवार, माघ २८, २०७४ ७१ यात्रुसहितको हवाईजहाज दुर्घटनाग्रस्त

आइतवार, माघ २८, २०७४ भारतीय सैन्य क्याम्पमा आक्रमण, कम्तिमा ९ जना मारिए

आइतवार, माघ २८, २०७४ सिरियामा इजरायलको भीषण सैन्य हमला, रूस–अमेरिका तनावमा

शनिवार, माघ २७, २०७४ ‘मालदिभ्स कब्जा गर्दै चीन’

सर्वाधिक पढिएको

कलाकार राजेन्द्र खड्गी पक्राउ

१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी

काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख !

बिहेभोजमै साथीको हत्या

केन्याविरुद्ध नेपालको रोमाञ्चक जित

राष्ट्रिय सभामा पनि वाम गठबन्धनको बहुमत : कुन प्रदेशमा कति सिट जिते ?

सम्बन्धित सामग्री

एभरेस्ट बैंकको सीतापाइला शाखाको समुद्घाटन

एभरेस्ट बैंकले विभिन्न स्थानहरूमा आफ्नो शाखा विस्तार गर्दै जाने क्रममा काठमाडौंको सीतापाइलामा आफ्नो शाखाको उद्घाटन गरेको छ । सीतापाइला शाखाको उद्घाटन यस बैंकमा संयुक्त लगानी रहेको पञ्जाव नेसनल बैंकका कार्यकारी निर्देशक तथा एभरेस्ट बैंकका निर्देशक एलभी प्रभाकरले गरेका थिए ।

कारोबार दैनिक

सरकारी बैंकको खराब कर्जा उच्च, विदेशी स्वामित्व भएकाको न्यून

सरकारी स्वामित्व रहेका बैंकहरुको खराब कर्जा अन्यको तुलनामा उच्च देखिएको छ। कुल प्रवाहित कर्जामा उठ्न नसकेको रकमलाई निश्क्रिय अर्थात खराब कर्जा भन्ने गरिन्छ। बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपाल बैंक, कृषि विकास तथा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा तुलनात्मक रुपमा बढी देखिन्छ। कृषि विकास बैंकको ३. ४९, नेपाल बैंकको २. ९१ र राष्ट्रिय वाणिज्यको २.…

सेतोपाटी