राष्ट्रिय सभा सदस्य मनोनय सिफारिसको जिम्मा प्रधानमन्त्रीलाई, यी हुन् सम्भावित तीन

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा सदस्य मनोनयनका लागि सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। बैठकपछि सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले शनिबार प्रधानमन्त्रीले नाम सिफारिस गर्ने जानकारी दिए। संविधान अनुसार ५९ सदस्यीय राष्ट्रिय सभाका ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्र्पतिले नियुक्त गर्नेछिन्। जसमध्ये एक महिला हुनुपर्नेछ। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा छलफल भएको…