मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्। 

‘२०६३ सालदेखि नै कम्युनिष्ट शक्तिबीच एकताको प्रक्रिया अघि बढेको हो। मोहन वैद्यले निती, सिद्धान्त र विचार मिल्दैन भनेर अस्वीकार गरेपछि ब्याक भयौं,’ गौतमले भने– ‘यो बीचमा फेरि एकताको प्रयास गर्यौं तर पूर्णता पाउन सकेन्। अब पाउँछ। पार्टी एकता हुन्छ।’ 

नेता गौतमले अब पनि पार्टी एकता भएन भने इतिहासमा कम्युनिष्टका लागि सबैभन्दा ठूलो दुर्घटना हुने चेतावनी दिए। ‘विश्वलाई नै नमूनाको रुपमा पाठ सिकाउने गरी कम्युनिष्ट एकता गर्दैछौं। बाहिरतिर जेजति चर्चा र प्रतिक्रिया दिएपछि पार्टी एकता हुन्छ, प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ,’ गौतमले भने। फागुनको पहिलो हप्ताभित्र एकताको गृहकार्य पुरा हुने र एकताको घोषणा गरिने उनको भनाई छ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्राईले सबै नेताको उचित व्यवस्थापन पार्टी एकता हुने स्पष्ट पारे। ‘एउटा जंगलमा एउटा मात्रै सिंह रहन्छ ४/५ वटा कसरी अटाउन भनेर चर्चा गरिएको छ। तर अहिले हामीसँग ४ जना शेर छन्। अरुपनि शेर थप्छौं र मिलाएर राख्छौं,’ उनले भने।

सम्बन्धित सामग्री

पार्टी एकता भोलि हुन्छ : एमाले उपाध्यक्ष वामदेव गौतम

काठमाडौं : मुलुकका प्रमुख कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता भोलि बिहीबार अौपचारिक घोषणासँगै हुने भएको छ। बुधबार सम्पन्न एमाले स्थायी कमिटी बैठकपछि जानकारी दिँदै बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक बसेर पार्टी एकतास...

थाहा खबर

वैशाख ९ गते पार्टी एकता हुन्छ : बामदेव गौतम - Naya Patrika

एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी वैशाख ९ गते एकीकृत पार्टी घोषणा हुने जानकारी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टी एकताको...पूरा पढ्नुहोस् »

Naya Patrika

एमाले-माओवादी 'एक' भइसके, 'ता' जोड्न बाँकी छ : नेता गौतम

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको बताएका छन्। सिंहदरबारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले एमाले-माओवादी एक भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताए। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने स्पष्ट पारे। उनले...

Thaha Khabar

प्रतिनिधिसभा संसद बैठक आह्वानपछि एकताको घोषणा : वामदेव गौतम

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एक भइसकेको दाबी गरेका छन्। उपाध्यक्ष गौतमले २ पार्टी बीचको एकता निष्कर्षमा पुग्ने र मुलुकमा संयुक्त सरकार बन्ने पनि स्पष्ट पारेका छन्। आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले एकताको विषयमा भरेभोलि नै टुंगोमा पुगिने विश्वास पनि व्यक्त गरे। उपाध्यक्ष गौतमले…

Setopati

एमाले–माओवादी एकताको ९५ प्रतिशत काम सकियो : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको ९५ प्रतिशत काम सकिएको बताएका छन् । एमाले–माओवादी एकता संयोजन समितिको बैठकले एकताको विषयमा अधिकांश

Annapurna Post

यसरी तुहियो एमाले-माओवादी पहिलो एकता प्रयास

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता छिट्टै हुने बताएका छन् । आइतवार आयोजित प्रेस चौतारी नेपालको वार्षिकोत्सव कार्यक्रममा

Annapurna Post

एमाले-माओवादी मिल्न नसके ठूलो क्षति हुन्छ : उपाध्यक्ष गौतम

काठमाडौं :  एमाले उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए नेपालमा कम्युनिस्टहरुका लागि ठूलो दुर्घटना हुने बताएका छन्। आइताबार प्रेस चौतारी नेपालको २०औँ स्थापना तथा पुरस्कार एवं सम्मान कार्यक्रममा उनले पार्टी एकता हुनुपर्ने र नभए त्यसले दुर्घटना निम्त्याउने बताएका हुन्।  ...

Thaha Khabar