वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै, अवस्था चिन्ताजनक

काठमाण्डाै - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक भएकाे डाक्टरले बताएका छन् । उहाँको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्यमा  समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उहाँको स्वास्थ्यमा सुधार आउन सकेको छैन । अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताउनुभयो । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । १७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फे...

सम्बन्धित सामग्री

सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सिल्भिया राजोपाध्यायलाई

काठमाडौँ–  पत्रकार सिल्भिया राजोपाध्याय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाडौँ भएको १२औँ साधारणसभामा रेडियो पत्रकारितामा गरेको योगदानको कदर गर्दै राजोपाध्यायलाई पुरस्कृत गरिएको हो ।बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उनलाई पुरस्कृत गरे । यस्तै, भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार […]

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् । ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भने, ‘शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको […]

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी, १०३ वर्षको उमेरमा निधन

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुर स्थित किस्ट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनायो। स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पतालमा लागिएको थियो। १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो।

पर्यटनमन्त्री श्रेष्ठले भेटे वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् ।  ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको समेत […]

शताब्दी पुरुष सत्यमोहन जोशी आइसियुमा

न्युज अफ नेपाल, काठमाडौं । वाङ्मय शताब्दी पुरुष डासत्य मोहन जोशीलाई आइसियु वेडमा सारिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार राती १२ बजेदेखि आइसियुमा सारिएको हो । अस्पतालका प्रमुख कार्यकारी निर्देशक अमिश पाठकका अनुसार उनको उपचारमा अस्पतालका क्रिटिकल केयर विभाग देखि आन्तरिक चिकित्सा, पल्मोनोलोजी, कार्डियोलोजी र युरोलोजी विभागका चिकित्सक टोली खटिएको छ। अहिले डा […]

स्वास्थ्यमा समस्या देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि वाङ्मय शताब्दी पुरुष डा.सत्य मोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ। मुत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएपछि जोशीलाई किष्ट शिक्षण अस्पताल ललितपुरमा भर्ना गरिएको हो। उनलाई अस्पताललको डिलक्स सुइटमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। छातीको संक्रमण, मुटुको चालमा गडबडी देखिएपछि बिहिवार अस्पताल […]

ढुङ्गेधारा अवलोकन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशी

भक्तपुर, २८ पुस । मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको शङ्खधर पार्कको ढुङ्गेधारा अवलोकन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । साथमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ । तस्बिरः रमेश गिरी÷रासस

शताब्दी पुरुष जोशी अस्पतालबाट घर फर्किए

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति, मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो ।...

नई शोध पुरस्कार समर्पण गरिने

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न बानिरा गिरिका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एकजना विशिष्ट ...

जोशी दम्पतीबाट ‘शरीर दान’

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आ–आफ्नो शरीर दान घोषणा गरेका छन् । नई प्रकाशनद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा जोशी दम्पतीले आफ्नो भौतिक शरीर शेषपछि किस्ट ...