नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । काँग्रेसले आज मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको लागि दरखास्त आव्हानलगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही कार्यक्रम अनुसार आज दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान हुनेछ । दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै