नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा तीव्र विवाद देखिएको छ । संघको अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिनाबीच टसल सुरुभएसँगै संघको विवाद छताछुल्ल भएको हो । यतिखेर केन्द्रीय संघ आफ्नो ९औ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको निर्वाचनमा होमिएको छ । गत मंसिर १३ गते बसेको संचालक समितिको बैठकले पुस २९ गतेलाई वार्षिक साधारणसभा डाकेको छ । तर, यता संघकै अध्यक्ष सुरेन्द्र भण्डारीले केही दिन अघि मात्र एक सूचना जारी गर्दै संघको निर्वाचनसहितको साधारणसभा तत्कालका लागि स्थगन गरिएक