सहुलियत ब्याजको कर्जा कार्यक्रम पुन: शुरू

काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुन: शुरू गरेको छ । सरकारले ब्याज अनुदान दिन छोडेपछि गत पुसमा रोकिएको कार्यक्रमलाई राष्ट्र बैंकले जेठदेखि निरन्तरता दिएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार जेठमा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको ६४४ ओटा कर्जा स्वीकृत भएको छ । बैंक, वित्तीय संस्थाले जेठसम्म १ लाख ४७ हजार ५१० ऋणीलाई २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये २ खर्ब ३ अर्ब १० करोड रुपैयाँ असुली गर्न बाँकी छ ।  वैशाखसम्म १ लाख ४६ हजार ८६६ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका थिए । त्यसमा २ खर्ब ५६ अर्ब ४७ करोड रुपैयाँ लगानी भएको थियो । सोमध्ये २ खर्ब ३ अर्ब २४ करोड रुपैयाँ असुल गर्न बाँकी थियो ।  केही वस्तुको आयातमा प्रतिबन्ध र आर्थिक गतिविधिमा संकुचनले राजस्व संकलन घटेसँगै सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज भुक्तानी रोकेपछि केन्द्रीय बैंकले पनि गत पुसदेखि कर्जा स्वीकृति अनौपचारिक रूपमा रोकेको थियो । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले सहुलियत कर्जा कार्यक्रम केही समय स्थगित गरिएको बताएका थिए ।  सरकारले चालू आर्थिक वर्ष (आव) को बजेटमा कर्जाको प्रभावकारिता अध्ययनका आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुन: संरचना गरिने घोषणा गरेको छ । यस्तै गत आवमा ब्याज अनुदानका लागि १३ अर्ब ५९ करोड रुपैयाँ छुट्ट्याएकोमा चालू वर्षका लागि २ अर्ब घटाएर ११ अर्ब ५९ करोड रुपैयाँ मात्र छुट्ट्याएको छ ।  पछिल्लो समय सहुलियत ब्याजको कर्जा वृद्धि भए पनि यसको प्रभावकारिता नदेखिएको तथा पहुँचवालाले यसको दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ । राष्ट्र बैंकले पनि सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गरिरहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका आधारमा सहुलियत कर्जा कार्यक्रमलाई पुनरवलोकन गर्ने सरकारको तयारी छ ।  सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिअनुसार बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छीपालन, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवाको परियोजना, महिला उद्यम, दलित व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडित निजी आवास निर्माण, कपडा उद्योग, प्राविधिक तथा व्यावसायिक र युवा स्वरोजगार गरी १० क्षेत्रमा कर्जा प्रदान गर्दै आएका छन् । सहुलियत कर्जामा बैंकहरूले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशत विन्दुले थप गरी ब्याजदर निर्धारण गर्न पाउँछन् । त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ । ५ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशतमात्र ब्याज अनुदान छ ।  सहुलियतपूर्ण कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षण महिला उद्यमशील कर्जामा देखिएको छ । जेठसम्म सहुलियत कर्जा लिने महिला उद्यमीको संख्या ८३ हजार ४५५ पुगेको छ । उनीहरूलाई ८७ अर्ब ९८ करोड ९० लाख रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा

बिर्तामोड– मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको छ । मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाइबुनाइ सहुलियत कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले […]

दुई स्थानीय तहका किसानलाई सहुलियत कर्जा

दोलखा– दोलखाका दुई स्थानीय तहका किसानले बैंकबाट सहुलियत कर्जा पाउने भएका छन् । कृषि उद्यमीहरूका लागि सहुलियत कर्जा प्रवाह गर्नका लागि तामाकोसी र मेलुङ पालिकाका उद्यमी किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सामूहिक रूपमा सम्झौता भएको छ । कृषि र पशुपालनमा लागेका किसानलाई व्यावसायिक र उद्यमी बनाउनका लागि दुवै स्थानीय तहको पहलमा बैंकसँग सम्झौता भएको […]

किसानलाई सहुलियत कर्जा

कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपूर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्रम चलिरहेको छ । हेफर प्रोजेक्ट नेपालले चलाएको गुल्मीदरबार कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत पहिलो चरणमा ८ जना किसानलाई सहुलियत कर्जा हस्तान्तरण गरेको हेफरका प्राविधिक संयोजक शशी भुसालले जानकारी […]

न्यूनतम कर्जा प्रवाहमा सरकारको सहुलियत

काठमाडौं । सरकारले कृषि, ऊर्जा र साना उद्योग प्रवद्र्धनलगायत तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहमा सहुलियत व्यवस्था गरेको छ । चालू आर्थिक वर्षका लागि जारी भएको मौद्रिक नीति २०७९-८० को पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले घोषणा गरेको नीति कार्यान्वयन गर्न बुधबार एकीकृत निर्देशिका जारी गर्दै सरकारले सम्बन्धित बैंकहरूलाई यस्तो सुविधा दिएको हो । यसअघि […] The post न्यूनतम कर्जा प्रवाहमा सरकारको सहुलियत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंकहरु सहमत

यहाँका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय लाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय […]

सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत

जाजरकोट । जाजरकोटका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय […]

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

सीटीईभीटीले सहुलियत कर्जा दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले युवाहरुलाई विभिन्‍न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ ।

वन उद्यममा सहुलियत कर्जा

सहुलियत कर्जा उपलब्ध भएसँगै वन उद्यममा नयाँ लगानी गर्न वन उद्यमीहरु थप आकर्षित बनेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र हिमालयन बैंक लिमिटेडबीच सहुलियत दरमा विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएसँगै नयाँ लगानीमा निजी क्षेत्र थप उत्सासहित देखिएको हो ।कोभिडका कारण थलिएको वन उद्यमको अर्थतन्त्र पनि नयाँ लगानीले सहयोग पुग्ने विश्वास लिइएको […]

६१ हजारले लिए सहुलियत कर्जा

ब्याजमा पाँच प्रतिशत अनुदान पाइने सहुलियतपूर्ण कर्जा लिनेको संख्या निरन्तर बढ्दो छ। सहुलियत कर्जामा आकर्षण बढ्दा पछिल्लो तीन वर्षमा बैंक, वित्तीय संस्थाबाट ६० हजार आठ सय ७९ जनाले यस्तो सुविधा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।...