सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कर्पोरेट पे प्रणालीको

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडाैँको ठूलो भर्‍याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। नयाँ शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुँदै

काठमाडौं (अस) । महालक्ष्मी  विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना गर्ने भएको छ । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले आज (शुक्रवार)देखि लिग गराउन लागेको हो । आइतवारसम्म चल्ने उक्त लिग इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेट स्टेडियममा हुनेछ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीको सहभागिता रहने बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी बुधवार सार्वजनिक गरेका थिए । त्यस्तै आयोजक समितिका संयोजक तथा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत दीपेश लम्सालले जर्सी सार्वजनिक गरेका थिए । यस्तै क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा जानकारी गराए । नकआउट फम्र्याटमा आयोजना हुने लिगमा ३२ ओटा खेल खेलाइनेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिनेछ । समूहको उत्कृष्ट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ ।

सिटिजन्स बैंकको सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी नियुक्त

वैशाख ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।  करीब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गर्दै आइरहेका छन् ।  हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत रहेको बैंकले जानकारी दिएको छ । प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करीब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ ओटा शाखा, १११ ओटा एटीएम र १०९ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकबाट कर्पोरेट पे सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउसबीच कर्पोरेट पे प्रणाली कार्यान्वयनका लागि सम्झौता भएको छ । यो प्रणाली अन्तर्गत बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने छन् ।बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गर्ने यो डिजिटल प्लेटफर्ममार्फत बैंकमा नगई आफैंले फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट र सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु […]

कर्पोरेट पे प्रणालीमा सिटिजन्स बैंक आबद्ध

सिटिजन्स बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनबारे सम्झौता भएको छ। यस प्रणाली अन्तर्गत बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन्।

सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा आबद्ध

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । यस प्रणालीअन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत