काठमाडौं, २५ माघ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विभिन्न विषयमा छलफल भएको चौधरीले जनाएका छन् । पार्टीको अध्यक्षमा निर्वाचित भएकोमा प्रधानमन्त्री दाहालले बधाई दिएको भन्दै सञ्जालमार्फत नै धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, टीकापुरमा एयरपोर्ट बनाउने विषय र लाल […]