काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको हो।बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए। गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको र आफूहरू गठबन्धन फेर्नुपर्