१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन

‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै काठमाडौंमा सम्पन्न भएको छ । लघुवित्तमा देखिएका विकृतिलाई अन्त्य गर्ने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा...

सम्बन्धित सामग्री

चौथो राष्ट्रिय लघुवित्त सम्मेलन: जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर। ‘चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्था संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट घोषित भएको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा उक्त संस्था यससँगै विभिन्न दश विधामा पुरस्कृत भएको हो ।  उक्त लघुवित्तले संस्थागत उद्यमशीलता विकासमा उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । सम्मेलनमा ‘अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था’को उपाधि समेत जीवन विकास लघुवित्तले प्राप्त गरेको छ । संस्थाले थ्रि जिरो (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) क्लब प्रवर्द्धनतर्फ समेत उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेको छ । जीवन विकास लघुवित्तकी सदस्य जहदा गाउँपालिका–४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरेबापत पुरस्कृत भइन् । यो पुरस्कार कोइरीसहित अन्य नौ संस्थाका एक–एक जना सफल सदस्यले पनि पाएका छन् । उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासकी सदस्य नसिमा खातुनले प्राप्त गरिन् । अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे । सो पुरस्कार चमेली बचत तथा ऋण सहकारी संस्थाका फिल्ड प्रबन्धक अर्जुन पासवानले पनि पाएका थिए । उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरेबापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरेका छन् । यो विधामा उनीसहित पाँच जनाले पुरस्कार पाएका थिए । जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य गुलशन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् । यो विधामा अन्य १० ओटा संस्थाबाट एक–एक जनाले पुरस्कार प्राप्त गरेका थिए । जीवन विकासले अन्य विधामा समेत पुरस्कार पाएको छ । सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो । सम्मेलन हरेक दुई/दुई वर्षमा हुँदै आएको छ । सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने संकल्पसहित १२ बुँदे घोषणापत्र जारी गरेको थियो ।

लघुवित्तको बेथिति अन्त्य गर्न १२ बुँदे घोषणापत्र

लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएको छ ।सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।