लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्यका विभिन्न पदमा विज्ञापन खुलायो

लोक सेवा आयोग कर्णाली प्रदेशले स्वास्थ्य सेवाका विभिन्न पदमा विज्ञापन खुलाएको छ। आयोगले पाँचौ तहका पदहरुमा स्थायी जनशक्तिका लागि विज्ञापन खुलाएको हो।

सम्बन्धित सामग्री

ऐन संशोधन नहुँदा प्रदेश लोक सेवा आयोग अन्योलमा

विगतका वर्षदेखि नै कर्णाली प्रदेश सरकारले लिएका लक्ष्य हासिल गर्न नसक्नुको पहिलो कारण कर्मचारी अभावलाई देखाउँदै आएको छ । तर कर्मचारी नियुक्त गर्ने प्रक्रियालाई भने बेवास्ता गरेको छ ।कर्मचारी छनोट गर्ने निकाय प्रदेश लोक सेवा आयोग नै सरकार गठन भएको झण्डै तीन वर्षपछि गठन गरेको प्रदेश सरकारले आयोगलाई काम गर्ने बाटो खोल्न सकेको छैन । […]

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक–२०७८ पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।

एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । सो प्रस्ताव निर

लोक सेवा आयोग काठमाडौँ कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग पोखरा कार्यालयको इन्जिनियरिङ सेवातर्फको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग पोखरा कार्यालयबाट विज्ञापन भएको इन्जिनियरिङ सेवातर्फको नतिजा सार्वजनिक भएको छ । सर्भेक्षक, जलविज्ञान सहायक र सब–इन्जिनियरिङ लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । आयोगले यसअघि धनकुटा, जलेश्वर, काठमाडौँको इन्जिनियरिङ सेवा समूह तर्फको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा :

लोक सेवा आयोग दिपायल कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक भएको छ ।

चाँडै विज्ञापन गर्ने तयारीमा कर्णाली प्रदेश लोक सेवा आयोग

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरिरहेको छ । गत फागुनमा गठन भएको लोक सेवा आयोगले यो वर्षभित्रमा दरखास्त सङ्कलन प्रक्रिया अगाडी बढाउने तयारी गरेको हो । प्रदेशभित्र आवश्यक जनशक्तिको अभावमा कामकाज गर्न कठिनाइ भएको भन्दै छिट्टै दरखास्त प्रक्रिया अगाडी बढाउने प्रदेश लोक सेवा आयोग सुर्खेतले जानकारी दिएको छ । आयोगका […]

लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं, ८ बैशाख । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । अनामनगरका शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा आफन्त (छोरी) सहभागी गराई परीक्षार्थीको उत्तरपुस्तिका सच्याई अनियमितता गरको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो […]

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित भएका छन् ।  गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । सदस्यमा मनोनीत लम्सालको तनहुँको दमौलीस्...

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले निकाल्यो विभिन्न सूचना [सूचनासहित]

प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले विभिन्न सूचना सार्वजनिक गरेको छ ।  बुधवार गोरखापत्र दैनिकमा उसले सूचना जारी गरेको हो । उसले परीक्षाका लागि  परीक्षा भवन कायम गरेको भन्दै भवनहरूको विवरण सूचनामा दिएको छ ।  हेर्नुहोस् सूचना