बागमतीका मुख्यमन्त्री पौडेलले दिए राजीनामा, अष्टलक्ष्मी शाक्यको शपथ आजै

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। पार्टी विभाजन भएसँगै मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएका हुन्। पौडेलको राजीनामा सँगै अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछिन्। उनी बागमती प्रदेश एमाले संसदीय दलको नेता चयन भइसकेकी छन्। नेता शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिँदैछिन्। स्रोतका अनुसार सपथको तयारी भइरहेको छ।

सम्बन्धित सामग्री

अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री बनेको माधव नेपालको खुलासा

नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको बताएका हुन् ।‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस

ओलीलाई साथ दिएपछि अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाउनुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनुभएको […]

इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल त

को हुन् अष्टलक्ष्मी शाक्य ?

एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । ६८ वर्षीया अष्टलक्ष्मी शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । दशैंको अष्‍टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको उनी आफैंले बताउने गरेकी छन् । २०२९ सालमा एसएलसी पास गरेकी अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पू

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्य

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन्।

अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्दै, संसदीय दलको नेता चयन

काठमाडौँ– वाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने सहमति भएको प्रमुख सचेतक दीपक निरौलाले बताए । डोरमणीकै प्रस्तावमा शाक्य संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक निरौलाले बताए । आजै अष्टलक्ष्मी शाक्य वागमतीको मुख्यमन्त्री […]

अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने

हेटौँडा : नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छिन्। मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी हुन्। दलको नेता बनेसँगै शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । पार्टी विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने गरि दलको नेता बनाईएको हो।…

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी