रोल्पामा प्रदेशसभाबाट माओवादीका महरा विजयी

रुपन्देही । नेकपा माओवादीबाट मुख्यमन्त्रीको प्रचार गरिएको नेता जोखबहादुर महरा रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव भएर काम गरेका महरालाई प्रचण्डले मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको माओवादी नेताहरुले नै चुनावअघि बताएका थिए । महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले […]

सम्बन्धित सामग्री

रोल्पामा वर्षमान पुनको अग्रता

रोल्पा :  रोल्पामा प्रतिनिधिसभा  निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमालेका उमेद्वार पूर्ण बुढामगरलाई पछि पार्दै उनले अग्रता लिएका हुन्।  माओवादी केन्द्रका पुनले २० हजार ४ सय ७२ मत ल्याएका छन्। भने, एमालेका बुढामगरले  ८ हजार २ सय ३९ प्राप्त गरेका छन्। त्यस्तै गरी प्रदेश सभा क तर्फ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जोखबहादुर महरा विजय भएका छन्  उनले १९ हजार ४ सय २५ म

महरा र पुनले रोल्पाबाट गरे मतदान

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुनले रोल्पामा मतदान गरेका छन्। दुवैले सुरुमै मतदान गरेका हुन्। दुवैले साढे ७ बजेतिर मतदान गरेका हुन्।

सशस्त्र विद्रोहका सहकर्मी संसदीय निर्वाचनमा प्रतिस्पर्धी

४ मंसिरको चुनावमा एमालेले वर्षमानविरुद्ध सशस्त्र विद्रोह कालका सहकर्मी पूर्णबहादुर बुढालाई अघि सार्ने तयारी गरेको छ । ‘आफ्नै पूर्व कमाण्डरसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा त्यति मिठो त लागेको छैन, तर राजनीतिमा सबै कुरा सम्भव हुदो रहेछ’, पूर्णबहादुरले भने ।

रोल्पामा माओवादीलाई नेता व्यवस्थापनकै समस्या

रोल्पामा माओवादी केन्द्रको नेता धेरै तर निर्वाचन क्षेत्र कम हुँदा एउटै क्षेत्रमा धेरै नेताको दावी छ । तर जिल्ला नेतृत्वले भने शीर्ष नेतालाई जिल्लाबाहिर गएर चुनाव लड्न आग्रह गरेको छ ।

पूर्वसभामुख महराले रोल्पाबाट गरे मतदान

३० वैशाख, दाङ । पूर्वसभामुख कृष्णबहादुर महाराले रोल्पा नगरपालिका–१ मेबाङस्थित तारा माद्यमिक विद्यालयबाट मतदान गरेका छन् । पूर्वसभामुख महराको मतदाता नामावली रोल्पामा भएकाले उनी हिजो नै दाङबाट रोल्पा पुगेका थिए । महरा दाङ क्षेत्र नं. २ बाट निर्वाचित हुन् ।

रोल्पामा भोट हालेर मात्रै महरा काठमाडौं फर्किने

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको चुनाव प्रचार–प्रसार गर्नका लागि भन्दै काठमाडौं छोडेका छन् । गत मंगलबार काठमाडौं छोडेका महरा वैशाख ३० गतेको भोट हालेर मात्रै काठमाडौं फर्किने भएका हुन् ।दाङको चुनावी माहोल बनाउन महरासहित काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले संयूक्त पत्रकार सम्मेलन गरेका छन् । गठबन्धनमा सहभागी उम्मेदवारलाई भोट हाल्न महरा र गिरीले अपिल गरेका छन् । यस्तै प्रवक्ता महरा केहीदिन दाङका स्थानीय तहमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । दाङका घोराह

रोल्पामा जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन, तस्बिरमा हेर्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा निर्मित जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन गरेका छन् । रोल्पा नगरपालिकामा बनाइएको भ्यूटावर उद्घाटन गर्न सोमबार अध्यक्ष प्रचण्ड र नेता कृष्णबहादुर महरा लगायतका नेता रोल्पा पुगेका हुन् । भ्यु टावर उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोल्पा जिल्ला युद्...

३० लाख सरकारी बजेटमा महराकी श्रीमतीको  सम्झनामा बन्यो पार्क

काठमाडौं । पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य  कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले  महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगु

माओवादी केन्द्रका नेता महरा, अनन्त र ओनसरीमाथि बम प्रहार - Naya Patrika

नवीन लोचनमगर/नयाँ पत्रिका माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई लक्षित गरि रोल्पामा बम प्रहार भएको छ । शुक्रबार अपरान्ह सुलीचौरबाट लिबाङ जाँदै गरेका विना विभागीय...पूरा पढ्नुहोस् »

१० वर्षपछि दाङ फर्किएका महरा कति सुरक्षित ?

१४ कात्तिक, दाङ । माओवादी नेता कृष्णबहादुर महरा पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले रोल्पा उक्लेर चुनाव जिते । अहिले १० वर्षपछि फेरि उनी दाङबाट चुनाव लड्दैछन् । एकमात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा यसपटक माओवादी नेता वर्षमान …