काठमाण्डाै – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आउँदाे मङ्गलवार २३ गते दिउँसाे २ बजेका लागि शपथ ग्रहणको समयसमेत तोक्नुभएको छ ।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र...